![]()
राजविराज । उज्यालो नेपाल पार्टी सप्तरीले राजविराजमा क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय स्थापना गरेको छ ।
राजविराज नगरपालिका २ स्थित राजदेवी चौकमा बुधवार उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका लागि क्षेत्र नम्बर २ का उम्ेदवार डा. दीपक चौधरीले कार्यालयको उद्घाटन गरे ।
उक्त अवसरमा पार्टीका जिल्ला संयोजक सुर्य प्रसाद यादव, सह–संयोजक श्रीप्रसाद चौधरी, प्रकाश चन्द्र चौधरी, सत्यनारायण देव, कान्तिदेवी राम, क्षेत्र नम्बर ३ का उमेदवार परमेश्वरलाल साह र क्षेत्र नम्बर ४ का उमेदवार बिसोकुमार यादवसहितको उपस्थिति थियो ।












