ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अदालतको आदेश विपरीत घर भत्काइदिएको आरोप 


अदालतको आदेश विपरीत घर भत्काइदिएको आरोप 

Loading

राजविराज । अदालतको आदेश विपरित पालिकाले बाटो बनाउने नाममा आफ्नो घर भत्काएकाे हनुमाननगर कंकालिनी नगरपालिकाका एक व्यक्तिले आराेप लगाएका छन् ।

नगरपालिकाकाे वडा नम्बर ३ पोर्ताहा निवासी बेचु कुसियैत यादवले नगरपालिकाले बलजफ्ती घर भत्काएको भन्दै न्याय दिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका हुन् ।

साविकको पोर्ताहा गाविस वडा नम्बर ६ को कित्ता नम्बर २१ को जग्गामा साविकदेखी नै घर बनाएर बसोबास गर्दै आएको घर नगरपालिकाले बल्जफ्ती भत्काएकाे उनकाे भनाई छ ।

उनका अनुसार नगरपालिकाले यसअघि माघमै घर तोड्ने प्रयास गर्दा उच्च अदालत राजविराजमा निषेधाज्ञा रिट दायर गरेपछि घर नभत्काउन आदेश दिएको थियो ।

१२ माघ २०८२ मा अदालतले दिएको आदेशमा भनिएको छ, ‘जग्गाधनीको सहमति नलिइ वा कानुन बमोजिम जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरी बाटो निर्माण /विस्तार नगर्न र घर नभत्काउनु भनी विपक्षीका नाममा निषेधाज्ञा जारी हुने ठहर्छ ।’

यो आदेश विपरीत बिहीबार बिहान ११ बजे नगरपालिकाका कर्मचारीहरु आफ्नो घर आएर जेसिबिले घर तोड्ने चेतावनी दिदैं शुक्रबार भत्काइ नै दिएको यादवले बताए ।

घर नतोड्न अदालतले आदेश दिएको भन्दा कर्मचारीले मेयरको ठाडो आदेश रहेकाले घर तोड्ने बताएपछि बिहीबार नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको यादवले बताए । अदालतकाे आदेश कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि इलाका प्रहरी कार्यालय कंचनपुरमा पत्राचार गरिँदा प्रहरी समेतले चासो नलिएको यादवको भनाई छ ।

बर्षौदेखि आफ्नै जग्गामा बनाएको घर भत्काइदिएपछी पूरा परिवारै समस्यामा परेको यादवले बताए ।

सार्वजनिक जग्गा हुँदाहुँदै बाटो बनाउने नाममा अदालतको आदेश विपरीत आफ्नो घर भत्काएको भन्दै उनले क्षतिपूर्तिसहित न्याय दिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

नगरपालिकाका प्रमुख विरेन्द्र माझीले अदालतले नै आफ्नो अधिकारको प्रयोग गर्न सुझाएपछी बाटो बनाउन ३ फिट जग्गा खाली गराइएको प्रतिक्रिया दिएका छन् ।

नगरपालिकाका प्रमुख निवेदक भएर बेचु कुसियैत उपर दर्ता गर्न ल्याएको निषेधाज्ञाको रिट दरपीठ गर्दै उच्च अदालतले आफ्नो अधिकारको प्रयोग गर्न सुझाएको हो।

‘नगर क्षेत्रभित्र घर निर्माण गर्नको लागी नक्सा पास गर्ने, सो को अनुगमन गर्ने, नक्सा विपरीत निर्माण भएको संरचना हटाउने, सजाय गर्ने तथा नगरभित्र रहेको सार्वजनिक सडक, बाटोको जग्गाको रेखदेख तथा संरक्षण गर्ने सम्पूर्ण जिम्मेवारी तथा अधिकार नगरपालिकालाई स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अवस्थामा निवेदक पदाधिकारीलाई कानूनले दिएको अधिकार प्रयोग गर्नु पर्नेमा नगरी दर्ता गर्न ल्याएको प्रस्तुत निवेदन दर्ता गर्न नमिल्ने हुँदा मुलुकी देवानी संहिता, २०७४ को दफा १२८ तथा उच्च अदालत नियमावली, २०७३ को नियम २५(३) बमोजिम दरपीठ गरिदिएको छ। कानून वमोजिम गर्नु।’

नगर प्रमुख माझीले यसैलाई टेकेर आफ्नो अधिकार प्रयोग गरि बाटोका लागि अतिक्रमित जग्गा खाली गराइएको बताए ।

माझीका अनुसार यादवले यसअघि आफै खाली गर्ने सहमति गरेपनि त्यसको पालना नगरी अदालत गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विभिन्न लागूऔषधसहित समातिए सरकारी कर्मचारी 

Next Post

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.