ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

सप्तरीका दुई सांसदले जिल्लाको समस्याबारे संसदमा गराए सरकारको ध्यानाकर्षण

Loading

राजविराज । सप्तरीका प्रतिनिधी सभा सदस्यहरुले जिल्लाको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधी सभा बैठकको शून्य समयमा बोल्दै जिल्लाबाट प्रतिनिधित्व गरेका दुई सांसदले जिल्लाको समस्याको बारेमा सरकारलाई अवगत गराएका हुन् ।

समानुपातिक सांसद खगेन्द्र कर्णले जिल्लामा कृषिको अवस्था कहालिलाग्दो रहेको बताए । जिल्लमा ६७ हजार २९१ हेक्टर खेतीयोग्य जग्गा रहेपनि ४५ हजार २४ हेक्टर जग्गा मात्रै सिंचित भइरहेको बताए । उनले अहिले पनि किसान आकाशे पानीको भरमा रहेको बताए ।

सिंचाईसँगै मल नपाउने, उन्नत जातको बिऊको अभाव, सहुलियत ऋणमा पहुँच नहुने जस्ता समस्याले कृषि थलिएको छ’ उनले भने, ‘हामी परिवर्तनको नारा लिएर आएका हौं । अब परिणाम देखाउने समय हो । त्यसैले सरकारसँग आग्रह गर्दछु । सिंचाईको विस्तार व्यवस्थापन गरियोस्, बिऊविजन किसानसम्म पुर्‍याऔं, समयमै मलको आपूर्ती गरौं र सहुलियत ऋणको व्यवस्था गरौं ।’

हामी भाषण दिन नआएको र परिणाम दिन आएको बताउँदै उनले भने, ‘यी आधारभूत कामहरु गरिए सप्तरीसँगै पुरै देशकै कृषि धेरै मजबुत हुन्छ ।’

मंगलबारकै बैठकमा अर्का समानुपातिक सांसद डा. अंकिता ठाकुरले पनि जिल्लाको समस्याबारे सरकारको ध्यानाकर्षण गराइन् ।

राजविराजमा महिला छात्राबास निर्माण भएको २० बर्ष पुगिसक्दा पनि अधुरो रहेको भन्दै उनले यसका कारण महिला विद्यार्थी ठूलो पीडामा रहेको उल्लेख गरिन् ।

गजेन्द्रनारायण सिंह अस्पताल भवन निर्माण सम्पन्न भइसक्दा समेत हस्तान्तरण नहुँदा बिरामीहरु अझै प्यासेज र भुइँमा उपचार गराउन बाध्य भएको र करोडौंको लगानीमा निर्माण सम्पन्न भएको राजविराज बसपार्क अझै संचालनमा आउन नसकेको बताइन् ।

‘यी विषयहरु मात्र पूर्वाधार होइन्, जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूतका विषय हुन्‌’ उनले भनिन्, ‘मलाई विश्वास छ कि यो समस्याको समाधान चाँडै हुनेछ र सप्तरीका जनतालाई राहत महसुस हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भारदहबाट विद्युत प्राधिकरण कंचनपुरका प्रमुख घूससहित पक्राउ

Next Post

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

सरकारी विज्ञापन सरकारी मिडियामै दिनु हतासको निर्णय : बक्ताहरु

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

दुबई गएका सप्तरीका एक व्यक्ति पाँच महिनादेखि सम्पर्कबिहिन, परिवार चिन्तित

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

सप्तरी जिल्लाको २०८२ सालको सभा सम्पन्न, के छ नीति ?

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.