ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

छोटी भन्सार कार्यालयहरु बन्द हुँदा उपभोक्ता र उद्योगी व्यवसायी दुबै मारमा परेको ध्यानाकर्षण गराएपछि सांसद चौधरीले छोटी भन्सारका लागि आवश्यक पहल


चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर छु : सांसद चौधरी

Loading

राजविराज । प्रतिनिधी सभा सदस्य अमरकान्त चौधरीले चुनावको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्न आफू तत्पर रहेको बताएका छन् । उनले ती कामहरु गर्न योजना बनाउने काम शुरु गरिसकेको बताएका छन् ।
डाक्नेश्वरी नगरपालिकास्थित आफ्‌नै निवासमा नयाँ वर्ष तथा जुडशितल पर्वको अवसरमा बुधबार शुभकामना आदान प्रदान तथा सरोकारवालासँगको छलफल आयोजना गर्दै चौधरीले यस्तो बताएका हुन् ।
उनले सबै समस्या एकै पटक समाधान गर्न नसकिने बताउदै पालै पालो समस्याहरु समाधान गर्दै जाने बताए । आफू सधैं जनताको पक्षमा रहने बताउँदै उनले सुशासनको अनुभूति, शिक्षा र स्वासथ्यलाई राम्रो बनाउन पहल गर्ने बताए ।
कार्यक्रममा कार्यालय प्रमुखलाई बोलाएपनि नआउँदा योजनाहरु प्रवाह गर्न नसकिएको बताउँदै उनले जिल्ला प्रशासन, जिल्ला प्रहरीसहित जनताको प्रत्यक्ष सम्बन्ध राख्ने कार्यालयलाई छिटो, छरितो सेवा प्रवाह गर्न उनले आग्रह गरे ।
सांसद चौधरीले जिल्लाबाट निर्वाचित र समानुपातिक सबै सांसदको एउटा सामूहिक बैठक आयोजना गरिने र त्यसमा जिल्लाका हरेक कार्यालयका प्रमुखलाई राखेर छलफल गरिने बताए । आफूहरुले गर्ने काममा सबैलाई सहयोग गरिदिन उनले आग्रह गरे ।
हाल सरकारले सीमा क्षेत्रबाट एक सय रुँपैया भन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क तिरेर ल्याउनु पर्ने व्यवस्थाले राजश्व संकलन बृद्धि हुने भएपनि छोटी भन्सार कार्यालय संचालन नहुँदा मुख्य भन्सार पुगेर दुई सय मुल्य बराबर सामानको भन्सार कटाउन दुई सय देखी तीन सय रुँपैयासम्म गाडी भाडा तिर्नुपर्ने अवस्था रहेको कार्यक्रममा सहभागि उपभोक्ता र उद्योगि व्यवसायीले गुनासो पोखेका थिए ।
कार्यक्रममा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण प्रधानले सबै छोटी भन्सार कार्यालयहरु बन्द हुँदा उपभोक्ता र उद्योगी व्यवसायी दुबै मारमा परेको ध्यानाकर्षण गराएपछि सांसद चौधरीले छोटी भन्सारका लागि आवश्यक पहल तत्कालै शुरु गरिने प्रतिबद्धता जनाए ।
सांसद चौधरीले आफ्‌नो पहिलो प्राथमिकता जनताको काम र जिल्लाको समग्र विकास रहेको भन्दै पर्व, त्योहार र बिदालाई जनहितमा प्रयोग गर्ने सोच बनाएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रेखा यादव, रास्वपाका नेता अमरकान्त झा, सरोज मण्डल, उपेन्द्र साह, भुपेन्द्र चौधरी, प्रमोद कुमार यादव, धनाई मण्डल, शिवराम साह लगायतले पनि जिल्लाको समस्या उठान तथा आ–आफ्‌ना सुझावसहित नव वर्ष तथा जुडशितल पर्वको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कार्यालय सार्न लाग्दा भ्रम छर्न खोजियो : मेयर माझी सहितका जनप्रतिनिधि

Next Post

मन्दिर प्राङणमा तरबारले केक काटेर जन्म दिन मनाउने चार जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

मन्दिर प्राङणमा तरबारले केक काटेर जन्म दिन मनाउने चार जना पक्राउ

बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम शुरु

बालमैत्री क्रियाकलापमा आधारित शिक्षक सिकाई तालिम शुरु

डाक्नेश्वरीमा ३४६ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण

डाक्नेश्वरीमा ३४६ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा बितरण

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.