मधेश सम्वाददाता
राजविराज, १ कात्तिक ।
नेकपा माओवादी केन्द्र निकट वाइसिएलका केन्द्रीय सदस्य मुकेश यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ घर भएका यादव मंगलबार यो पार्टीमा प्रवेश गरेका हुन् । उनीसहित महादेवाका संजय यादव, सकरपुरा निवासी ओम मुखिया लगायतका व्यक्ति पनि जनमत पार्टी प्रवेश गरेको पार्टीका नेता सतिश सिंहले जानकारी दिए ।
यस्तै, छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ बस्ने अनिल भनिने अजाद बिद्रोही पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरुलाई जनमत पार्टीका अध्यक्ष डा. राउतले तिलाठी कोइलाडी र छिन्नमस्तामा आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच पार्टी प्रवेश गराएका छन् ।
उक्त अवसरमा पार्टीका क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार सतिश कुमार सिंह, क्षेत्र नं. २ (ख) का उम्मेदवार महेश प्रसाद यादव लगायत पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिति थियो ।