ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उपेन्द्र यादवको चुनावी प्रचार गरेको भन्दै शाखा अधिकृत मनोज यादवसँग स्पष्टीकरण माग


अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

Loading

राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको चुनावी प्रचार प्रसार गरेको भन्दै निर्वाचन आयोगले सप्तरीका एक जना शाखा अधिकृतलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण सोधेको हो ।

यादवविरुद्ध सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको भनी उजुरी परेको सन्दर्भमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन । सोही दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन मिल्दैन ।

 

‘त्यस सन्दर्भमा तपाईंले दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित निजामति सेवासम्बन्धी कानून समेतको उल्लङ्घन हुने भएकोले तपाईंलाई प्रचलित कानून बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा भनिएको छ, ‘प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सप्तरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ । अन्यथा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा यसै पत्रबाट जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

Donald Trump Is Sworn In as President, Capping His Swift Ascent

Next Post

असई यादव हत्या प्रकरण : एसपी खडकालाई विभागीय कार्वाहीको सिफारिस, सई मगर निलम्बित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

असई यादव हत्या प्रकरण : एसपी खडकालाई विभागीय कार्वाहीको सिफारिस, सई मगर निलम्बित

Valentino Rossi: Maverick Vinales can fight for title with Yamaha

Here's how we built our company culture without going broke

Snapchat ex-employee claims company faked growth stats to boost value

These delicious Balinese street foods you need to try right now

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.