ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रतिष्ठान निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

प्रतिष्ठान निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई पठाइयो ज्ञापन

Loading

राजविराज । सप्तरी युथ नेपालले रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ ।

युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको नेतृत्वमा गएको युवाको टोलीले प्रमुख जिल्ला अधिकारी किरण थापा मार्फत् आईतबार प्रधानमन्त्रीलाई ज्ञापन पठाएको हो ।

सप्तरीका युवा विकासको पक्षधर भएको र प्रतिष्ठान निर्माण अबिलम्ब शुरु गराउन एक हप्ते शान्तिपूर्ण आन्दोलन घोषणा गरेको उल्लेख गर्दै ज्ञापनमा प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र संचालनमा ल्याई नेपाली जनतालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि सहयोग गरिदिन हार्दिक अनुरोध गरिएको छ । ‘आशा छ, यहाँले मधेशका जनताको अपेक्षा र राज्यले नै गरेको घोषणा पूरा गर्न तदारुकता देखाउनुहुनेछ’ ज्ञापनमा भनिएको छ, ‘यो काम शुरु नभए हामी निरन्तर आन्दोलनमा लागिरहने जानकारी गराउँदछौं ।’

प्रतिष्ठान निर्माणका निम्ति बिभिन्न आर्थिक बर्ष रकम बिनियोजन भएतापनि काम हुन नसकी रकम फ्रिज भएको र हालसम्मको प्रगति हेर्दा डिपिआर समेत भई सकेको अवस्थामा निर्माण कार्यलाई तिव्रता दिनु आवश्यक रहेको ज्ञापनमा उल्लेख छ । मधेशकै बहुप्रतिष्ठित आयोजना लथालिंग अवस्थामा रहनु दुःखद भएको भन्दै प्रतिष्ठान संचालन आए पछि मधेश प्रदेश सहितका ११ जिल्लाका १ करोड ९ लाख जनतालाई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्ने स्वास्थ्य मन्त्रालयकै लक्ष्य रहेको अवगत गराइएको छ ।

‘२०७५ सालमा नेपाल सरकारको मन्त्रीपरिषदबाट निर्णय भएको बिषय ५ बर्ष बित्दासमेत लथालिंग अवस्थामा पुग्नु बिडम्बना हो । सप्तरीमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण हुने सूचना पाएर हामी औधी खुशी भएका थियौं । तर, अहिले चिन्तित भएका छौं’ ज्ञापनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा दुई जना पक्राउ

Next Post

सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै प्रदर्शन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै प्रदर्शन 

सप्तरी युथ नेपालद्वारा प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै प्रदर्शन 

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीद्वारा सप्तरीबाट पेस्तोल र गोली बरामद

प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सिटी बजाउँदै प्रदर्शन 

काचनमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन

काचनमा सशस्त्र प्रहरीको नवनिर्मित भवनको उद्घाटन

कंकालिनी मन्दिर नजिकै फेला पर्यो ५ फिटको गोही

कंकालिनी मन्दिर नजिकै फेला पर्यो ५ फिटको गोही

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.