राजविराज । राजविराजमा महिलालाई जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक वडा नम्बर ६ बस्ने ५७ बर्षीय अरुणचन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका वडा नम्बर २ बस्ने ४१ बर्षीय रामप्रकाश मण्डल रहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
दुबैलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान शुरु गरिएको नेउपानेले बताए ।