राजविराज । सप्तरी युथ नेपालद्वारा रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै मंगलबार सिटी जुलुस प्रदर्शन गरिएको छ।
स्थानीय राज रंगशालाबाट निकालिएको युवाहरूको सिटी जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगि काेण सभामा परिणत भएको थियोे ।
युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको काेण सभामा एकीकृत सामाजबादीका नेता जयराम यादव, पसुपति कर्ण, सप्तरी युथ नेपालका अनिल यादव, मुस्तकिन आलम, बसन्त यादव, श्याम माझी लगायतले रामराजाप्रसाद सिंह स्वास्थ बिज्ञान प्रतिष्ठान निर्माण कार्य अबिलम्ब शुरु गर्न आग्रह गरे । उनीहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।
कोणसभाको संचालन सप्तरी युथका कार्ववाहक अध्यक्ष मोहन यादवले गरेका थिए ।
आन्दोलन अन्तर्गत बुधबार टर्च बालेर नेता र सान्सद खोज्ने प्रदर्शन गर्ने कार्यवाहक अध्यक्ष यादवले बताए।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।