राजविराज । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले खेलाडी चयन गरेको छ ।
कविता गौतमको कप्तानीमा १४ जना खेलाडीको चयन गरिएको छ । टिममा अनुराधा चौधरी, प्रतिमा साह, साना परबिन, सबनम खातुन, मीना महतो, पूजा महतो, साक्षी यादव, रोजी कडारी, भूमी सिंह, आरती महतो, सरस्वती चौधरी, चाँदनी खातुनलाई राखिएको छ । विकेट किपरमा एलिसा यादवलाई राखिने मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकार दिए ।
यो टिममा सप्तरीबाट एक जना परेका छन् । साक्षी यादव सप्तरीबाट एक्लै टिममा परेकी हुन् । उनी राष्ट्रिय टोलीका खेलाडी विवेककी बहिनी हुन् ।
पुस ५ गतेदेखि काठमाडौंमा यो प्रतियोगिता हुन गइरहेको छ । मधेश प्रदेशले आफ्नो पहिलो खेल ४ गते नै बागमी प्रदेशबिरुद्ध खेल्ने उनले श्रेष्ठले बताए ।