राजविराज । सप्तरी प्रहरीले परालले छाेपेकाे अवस्थामा ६७० किलो गाँजा बरामद गरेको छ ।
जिल्लाकाे बलान बिहुल गाउँपालिका १ स्थित चन्हीबाट प्रहरीले उक्त गाँजा बरामद गरेको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार परालले छोपिएको अवस्थामा गाँजा बरामद गरिएको हाे ।
यस बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1