राजविराज । सप्तरीबाट डाँका मुद्दामा अदालतबाट कैद र जरिवाना ताेकिएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ६ बस्ने अफताफ भनिने अलताफ शेख रहेको प्रहरीले जनाएको छ ।
डाँका मुद्दामा शेखलाई सप्तरी जिल्ला अदालतले रू १० हजार जरिवाना र ३ महिना कैद सजाय ताेकिएकाे थियोे ।
यसपछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालतमा दाखिला गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1