राजविराज । निजामति कर्मचारी युनियन र संगठन, सप्तरीको नयाँ कार्यसमिति चयन भएको छ । युनियनको नवौं र संगठनको १२ औं जिल्ला अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको हो ।
युनियर संगठन दुबैमा पुरानै अध्यक्ष दोहोरिएका छन् । युनियनको अध्यक्षमा सूर्यकान्त झा दोस्रो पटक पनि चयन भएका छन् ।
उपाध्यक्ष खुलामा रामबाबुयादव, महिला उपाध्यक्षमा कमला सुवेदी र समावेशी उपाध्यक्षमा मनोज कुमार देव चयन भएका छन् ।
सचिवमा दीपेन्द्र प्रसाद यादव, सह सचिवमा डम्बर कुमार खंग र कोषाध्यक्षमा बिरेन्द्र कुृमार यादवलाई राखिएको छ ।
पंकज कुमार यादव, रमेश यादव, शिबकुमार साह, दिपेश कुमार चौधरी, महेश प्रसाद यादव, अजर्सन यादव, रंजना अधिकारी, दीपनारायण रजक, रोबिन कुमार झा, उदयकान्त झा, निरज यादव र पशुपति चौधरीलाई सदस्यमा चयन गरिएको छ ।
यस्तै, नेपाल निजामति कर्मचारी संगठन, सप्तरीको नयाँ कार्यसमिति चयन भएको छ ।
शैलेश मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मिश्र यसअघि पनि अध्यक्ष थिए ।
उपाध्यक्षमा महेश कुमार यादव, महिला उपाध्यक्षमा संगीता कुमारी साह, सचिवमा शत्रुद्यन प्रसाद दास, सह सचिवमा संजीब कुमार साह, कोषाध्यक्षमा अनिल कुमार साहलाई चयन गरिएको छ ।
सदस्यमा दिपेन्द्र कुमार चौधरी, मदन कुमार मण्डल, श्याम मण्डल, अर्जुज प्रसाद रजक, सन्तोष कुमार देव, रुपेश कुमार यादव, उपेन्द्र प्रसाद यादव, रामेश्वर यादव, सन्जन झा, संगीता कुमारी चौधरी, मनोज कुमार मण्डल, उमेश मण्डल, नगिना केसी र अर्जुन रजकलाई सर्वसम्मतिले चयन गरिएको छ ।