ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अस्पतालमा बेथिती उत्पन्न गर्ने कर्मचारीलाई कार्वाही गरिँदा राजनीतिक दल मौन बस्ने


अस्पतालमा बेथिती उत्पन्न गर्ने कर्मचारीलाई कार्वाही गरिँदा राजनीतिक दल मौन बस्ने

Loading

राजविराज । अस्पतालमा बेथिती उत्पन्न गर्ने, बदमासी गर्ने कर्मचारीलाई सम्बन्धित निकायले कार्वाही गरे राजनीतिक दल मौन बस्ने भएका छन् ।

गलत गर्नेलाई राज्यको निकायले कार्वाहीको दायरामा ल्याउन खोज्दा यसअघि पक्ष लिने र कार्वाही नगर्न दवाव दिने सप्तरीका राजनीतिक दलका नेताहरुले गलत गर्नेलाई साथ नदिने प्रतिबद्धता जनाएका हुन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा देखिएको समस्याबारे शनिबार सर्वपक्षीय बैठक बस्यो । बैठकमा सहभागी राजनीतिक दलका नेताहरुले अस्पतालजस्तो ठाउँमा गलत काम गर्नेलाई प्रश्रय नदिने बताए । ‘यस्तालाई कार्वाही हुनुपर्छ’ उनीहरुले सामूहिक रुपमै भने ।

बैठकमा यतो निर्णय नै भएको छ । ‘अस्पतालमा बेथिति उत्पन्न गर्ने जोसुकै व्यक्ति वा कर्मचाीलाई सम्बन्धित निकायले कार्वाही गर्दा हामी सबै राजनीतिक दलहरु त्यस्ता व्यक्तिलाई सहयोग गर्दैनौं’ बैठकमा भनिएको छ ।

उक्त बैठकले गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भई बाहिर काजमा खटिएका चिकित्सकलाई फिर्ता गरिदिन, मेडिकल सुपरिटेन्डेन्टलाई तत्काल कार्यालयमा नियमित गराउने र रिक्त पदमा तत्काल पदपूर्ती गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी भएकाहरुले केहि व्यक्तिका कारण अस्पताल लथालिङ बनिरहेको उल्लेख गर्दै पहिचान गरी त्यस्तालाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताए ।

बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी भोला दाहालले आफू एक पटक अस्पतालको निरीक्षण गर्दा धेरै कर्मचारी अनुपस्थित देखिएको बताए । अब उप्रान्त अनुपस्थित भए र आफ्नो ड्यूटी नगर्नेलाई कार्वाहीका लागि सिफारिस गर्ने बताए ।

‘म जुनसुकै बेला, जुनसुकै रुपमा पनि अस्पताल गएर अनुगमन र निरीक्षण गर्छु’ उनले भने, ‘आफ्नो ड्यूटि नगर्नेलाई कार्वाही गराउन कुनै कसर बाँकी राख्ने छैन् ।

जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साह र रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले ७ फागुनमा अस्पतालको अनुगमन गर्दा अवस्था लथालिङ देखिएको बताए ।

समन्वय समितिका प्रमुुख साहले अस्पतालका मेसु सुरक्षाकै कारण देखाउँदै गएको भन्ने सूचना प्राप्त भएकाले यस बिषयमा सबैलाई गम्भीर बन्नुपर्ने बताए ।

नेपाली कांग्रेसका जिल्ला सचिव सनत कुमार मण्डलले अस्पतालभित्र धेरै बेथिति रहेको भन्दै यसको समाधानका लागि सबै एकजुट बन्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष केदार यादवले अस्पतालजस्तो ठाउँमा कसैले राजनीति गर्न नहुने बताए । उनले गलत काम गर्ने जोसुकैलाई कार्वाहीको दायरामा ल्याउन जोड् दिए ।

राजविराज नगरपालिकाका कावा प्रमुख इसरत परबिनले अस्पताललाई राम्रो बनाउन सबै एकमत हुनुपर्ने बताइन् ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले अस्पताल सुधारका निम्ति सबैले ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

राष्ट्रिय मुक्ति पार्टी नेपाल, सप्तरीको जिल्ला समिति गठन

Next Post

जनमत पार्टीको अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा खेद प्रकट, फिर्ता लिन माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

जनमत पार्टीको अभिव्यक्तिप्रति पत्रकार महासंघद्वारा खेद प्रकट, फिर्ता लिन माग

सम्पादकीय : संस्थालाई मार्ने दुस्साहस जनताले स्वीकार्य गर्ने छैनन्

१५ दिनभित्र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन मुक्ति पार्टीको निर्देशन

१५ दिनभित्र केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन मुक्ति पार्टीको निर्देशन

मधेशवादी दलको विस्तारै बिसर्जन भइरहेको छ : प्रचण्ड

मधेशवादी दलको विस्तारै बिसर्जन भइरहेको छ : प्रचण्ड

सप्तरीमा माओवादीको जनजागरण अभियान : अध्यक्षता बिनाको अन्तरकृया, जिल्लाका कुनै नेताले ठोकेनन् भाषण 

सप्तरीमा माओवादीको जनजागरण अभियान : अध्यक्षता बिनाको अन्तरकृया, जिल्लाका कुनै नेताले ठोकेनन् भाषण 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.