![]()
राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ ले मधेशवादी दलको विस्तारै बिसर्जन भइरहेको बताएका छन् ।
पार्टीले शुरु गरेको जनजागरण अभियान अन्तर्गत शुक्रबार राजविराजमा आयोजना गरिएको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मधेशको सम्पूर्ण समस्या माओवादीकै काँधमा आएको बताए ।
देशकै पहिलो गणतान्त्रिक नेता रामराजा प्रसाद सिंहलाई पहिलो राष्ट्रपति बनाउन खोज्दा मधेशवादी दलले नै बनाउन नदिएको उनले बताए । ‘मधेशी दलले नै उहाँलाई राष्ट्रपति बन्न दिनुभएन्’ उनले भने, ‘कसैले यसलाई झुठो भन्न सक्दैनन् ।’
उनले सक्कली मधेशवादी दल माओवादी नै भएको दावी गरे ।
यद्यपी उनले माओवादी र मधेशवादी मिलेर अघि बढ्नुपर्नेमा जोड् दिए । उनले माओवादी र मधेशवादी मिलेर अघि बढे देश र जनताका लागि काम गर्न सकिने बताए ।
‘माओवादी र मधेशवादी शक्तिबीचको सम्बन्ध सुदृढ गर्नुपर्दछ र मधेसका जनताको पहिचान र अधिकारको लडाई जो माओवादीले हिजो रगत बगाएर स्थापित गरेको अब त्यसको जिम्मा अगाडि दिने काम हामीले नै गर्नुपर्छ भनेर नै यो अभियान सुरु गरिएको छ’ उनले भने ।












