ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना


पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

Loading

राजविराज । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, सप्तरीद्वारा ‘पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमका बक्ताहरुले प्रेस अहिलेसम्म पनि स्वतन्त्र हुन नसकेको बताए । पछिल्लो समयमा राज्यबाटै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने प्रयास भएको भन्दै बक्ताहरुले चिन्ता व्यक्त गरे ।
बक्ताहरुले पत्रकारहरुले समाचार लेख्दा आचारसंहिताको ख्याल गर्नुपर्ने समेत बताए । कतिपयले समाचार लेख्दा आचारसंहिताको पालना गरिरहेको नदेखिएको बक्ताहरुले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले सरकारले काठमाडौंको तिनकुने घट्नामा मारिएका पत्रकारको छानबिन गर्न नचाहेको बताए । ‘यो घट्नाको छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्छ’ उनले भने ।
राज्यले पत्रकारमाथि हुने घटनाका दोषीलाई कार्वाहीको दायरामा ल्याउनुपर्नेमा जोड् दिदैं उनले पत्रकारले पनि सहि सत्यको आधारमा पत्रकारिता गर्नुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताबारे उल्लेख गरिएको बताए ।
सप्तरीका पत्रकारले निष्पक्ष पत्रकारिता गरेकोमा धन्यवाद दिदैं उनले यहाँका पत्रकारद्वारा लेखिएको समाचारले सरोकारवालालाई घच्घच्याइरहेको बताए ।
प्रेस स्वतन्त्रता रहनुपर्नेमा जोड् दिदैं उनले पत्रकारले पनि आचारसंहिता पालना गरेर पत्रकारिता गर्नुपर्ने बताए । ‘अपुष्ट, गलत र भ्रामक समाचार नलेखी सत्य तथ्य समाचार लेख्नुपर्छ’ उनले भने ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजु विश्वकर्माले राज्यले प्रेस स्वतन्त्रता हनन गर्न खोजेको आरोप लगाए । उनले सरकारले बिभिन्न विधेयक ल्याएर प्रेसलाई घेरामा पार्न खोजेको बताए ।
‘यदी यस्तो हुन्छ भने पत्रकार महासंघ चुप लागेर बस्दैन’ उनले भने, ‘हामी आन्दोलनमा उत्रन्छौं ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व अध्यक्षहरु बिष्णु कुमार मण्डल, बैद्यनाथ झा, मुरली प्रसाद यादव र धिरेन्द्र साह, महासंघका पूर्व मधेश प्रदेश समिति सचिव भोला पासवान, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष बिनय कुमार लाल कर्ण, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष नानीमैयाँ कटुवाल, प्रेस मंचका अध्यक्ष धर्मपाल राउत, प्रेस सेन्टरका अध्यक्ष बिन्दु कुमार यादवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामनारायण विश्वासले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संचालन सह सचिव डम्बर राईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Next Post

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.