ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

Loading

राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले महायज्ञले बढ्दो धर्म परिवर्तनलाई रोक्ने विश्वास व्यक्त गरेका छन् ।
सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिह औद्योगिक क्षेत्रमा आईतबारदेखि शुरु भएको श्री सीताराम नाम १००८ मण्डलीय संकिर्तन एवं श्री रामचरित्र मानस नौ दिवसीय महायज्ञलाई उद्घाटन गर्दै मुख्यमन्त्रीले यस्तो बताएका हुन् ।
बर्तमान समयमा धर्म परिवर्तन भइरहेको उल्लेख गर्दै यसलाई रोक्न यो महायज्ञ कोशे ढुँगा सावित हुने विश्वास उनको छ ।
यसबाहेक युवाहरु लागूऔषधको कुलतमा फँसेको बताउँदै उनले सबै युवालाई यसमा सहभागी भई लागूऔषधको कुलतबाट मुक्त हुन सुझाव दिए ।
विश्व शान्ति, एकता, अखण्डता एवं सुदृढ नेपालका लागि जगत जननी जानकी माताको जन्मोत्सवको अवसर पारेर तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग कलकारखाना संचालनमा ल्याउने उद्देश्यका साथ नेपालमै दोस्रो पटक यो यज्ञ शुरु गरिएको श्री श्री १००८ श्री जगत नन्दन दास जी महाराज (पगला बाबा) ले जानकारी दिए ।
महायज्ञमा एक हजार आठ मण्डपमा कीर्तन मण्डली, हनुमान आराधना मण्डली, वृन्दावनको रासलीला, रामलीला, रामचरित्र मानस पाठ, उच्चकोटी विद्वानद्वारा प्रवचन तथा विशाल भण्डारा समेतको व्यवस्थापन गरिएको छ ।
महायज्ञलाई सफल बनाउन रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले सबैसँग आग्रह गरेका छन् ।
यज्ञका अगुवा पगला बाबाका अनुसार २०५६ सालमा धनुषामा पहिलोपटक यस्तो महायज्ञ भएको थियोे । दोस्रो पटक सप्तरीमै भइरहेको उनले बताए ।
महायज्ञ शुरु हुनुभन्दा अघि बिहान भव्य कलश यात्रा निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

Next Post

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.