ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

Loading

राजविराज । प्रेस सेन्टर नेपाल, सप्तरीले बिभिन्न १० बुँदे माग अघि सार्दै प्रधानमन्त्रीलाई ज्ञापन पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत् आईतबार पठाएको ज्ञापनमा नेपाल सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि र विज्ञापन ऐनमा भएको व्यवस्थाअनुसार तत्काल सबै प्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन वितरण प्रणाली लागू गर्न माग गरिएको छ ।
स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन र केन्द्रबाट वितरण हुने सरकारी विज्ञापन स्थानीय तहका सञ्चारमाध्यमले समेत पाउने गरी समानुपातिक वितरण प्रणाली लागू गर्दै अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गरिएको छ ।
संविधान कार्यान्वयनका लागि बन्नुपर्ने सञ्चार नीतिहरु अहिले पनि सरकारको प्राथमिकतामा नपरेकाले तत्काल संविधानको भावना अनुसार पूर्ण प्रेस स्वतन्त्रता मैत्री कानून निर्माण गर्न, सञ्चार सम्बद्ध सरोकारवालाको वृहत् छलफलबाट मात्रै आवश्यक कानून निर्माणको काम अघि बढाउन, श्रमजिवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न माग गरिएको छ ।
यस्तै, कानून बन्ने र कार्यान्वयन नहुने अवस्थाको अन्त्यका लागि ऐनअनुसार तत्काल प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र रजिष्ट्रार नियुक्त गर्न, पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्न, पत्रकार वृत्तिकोषको कार्यान्वयनका लागि जारी गरिएको मापदण्ड तत्काल परिमार्जन गरेर जेष्ठ पत्रकारले सहज ढंगले वृत्तिकोषबाट लाभ लिन सक्ने प्रवन्ध गर्न, पत्रकार दुर्घटना बिमालाई थप विस्तार गरी स्वास्थ्यबिमा र जीवनबिमाको व्यवस्था गर्न, पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइने भनेको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णयहरु कार्यान्वयन गर्न, सञ्चारकर्मीहरूले खरीद गर्ने सञ्चार सामग्री अनुदान र सञ्चार गृहका लागि सवारी साधन खरीद प्रक्रियामा भन्सार कर छुटको व्यवस्था गर्न माग गरिएको छ ।
प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष बिन्दु कुमार यादवले पठाएको ज्ञापनमा पत्रकार सुरेश रजकको हत्यामा संलग्न कथित राजावादी समूहका नाइकेहरुलाई कानूनी कार्वाही गर्न र पत्रकार रजकलाई शहीद घोषणा तथा परिवारलाई उचित राहत प्रदान गर्न र सञ्चार गृह र सञ्चारकर्मीहरुको सुरक्षाको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

Next Post

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.