ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर


बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामकिुसन यादव, इन्जिनियरद्वय कुलानन्द बिराजी र रामाकान्त चौधरी, सव इन्जिनियर संजय कुमार यादव, योजना शाखामा कार्यरत शाखा अधिकृत बिनोद कुमार ठाकुर,सहायकस्तर पाँचौ निकिता चौधरी, लेखापाल अनिता परियार र जि.एस. निर्माण सेवा र उक्त निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादवबिरुद्व भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजुलीको पोलमा उच्चस्तरीय लाइट जडान गर्ने कार्यमा अनियमितता गरेको भन्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नगरपालिकाको सम्पूर्ण वडामा विजुलीको पोलमा उच्चस्तरीय पोल लाईट जडान कार्यको लागि नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷०७९ मा बजेट विनियोजन भई सो जडान कार्यको लागि ठेक्का दिएकोमा कमसल किसिमको स्टेट लाईट खरिद तथा जडान गरी फर्जी बिल भरपाई बनाएको पाइएको अख्तियारले जनाएको छ ।

नगरपालिकामा पेश गरी विनियोजित पूरै रकम असार मसान्तमै भुक्तानी लिई दिई हिनामिना गरेको सम्बन्धमा परेको उजुरीमा अनुसन्धान हुँदा नगरपालिकाले आ.ब. २०७८÷०७९ मा नगरका सम्पूर्ण वडाहरूमा १४८ थान लेड स्ट्रीट लाइट जडान सम्वन्धी रु.४८ लाख २४ हजार ८७४ कबोल अंक भएको खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, नियम र कार्यविधि विपरीत ठेकेदारसँगको बदनियतपूर्ण मिलेमतोमा नगरपालिकालाई गैरकानूनी हानि पु¥याउने बदनियतले लागत अनुमान तथा कार्य सम्पन्न प्रतिवेदन बमोजिम फिल्डमा नभए नगरेका कामहरूको समेत मूल्याङ्कन गरी गराई गलत कार्य सम्पन्न गरेको अख्तियारले जनाएको छ ।

गलत प्रतिवेदन तयार गरी रू.३ लाख ९२ हजार २०० निर्माण ब्यवसायीलाई भुक्तानी भएको र सप्लाई एण्ड डेलिभरी अफ लेड स्ट्रीट लाइट पर टेक्निकल स्पेसिफिकेसनको लागत अनुमान तयार गर्दा पुष्ट्याईको आधार तथा बिना नम्स अस्वभाविक मूल्य राखी लागत अनुमान तयार गरेको देखिएको छ ।

उक्त कार्यमा बजार मूल्यभन्दा बढी मूल्य राखी भुक्तानी भएको रू.२१ लाख १२ हजार ३३० समेत गरी जम्मा रू.२५ लाख ४ हजार ५३०।– सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उक्त कार्यमा संलग्न आठै जना प्रतिवादीहरु उपर सजायको मागदावी लिई विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रबक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

Next Post

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

"विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न"

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.