ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक


अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

Loading

राजविराज । गृहमन्त्री रमेश लेखकले अहिलेको प्रधानमन्त्रीलाई प्रत्येक ३ महिनामा विश्वासको मत लिन संसदमा जानुनपर्ने स्थिति बनेको बताएका छन् ।

नेपाली कांग्रेस, सप्तरी क्षेत्र नम्बर २ द्वारा बुधबार राति राजविराजमा आयोजित अगुवा कार्यकर्ता अभिमुखिकरणलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् ।

एमालेसंग सरकार बनाएको १० महिनामा देश स्थिरतातर्फ उन्मुख भएको नेपाली कांग्रेसका नेता समेत रहेका उनले बताए ।

‘एमालेसँग सरकार बनेको १० महिनामा धेरै काम गरेको छु भन्दिन’ उनले भने, ‘तर १० महिनाभन्दा अघिको समयको अवस्थामा परिवर्तन भएको छ । त्यसअघी प्रधानमन्त्रीले ३ महिनामा विश्वासको मत लिन संसदमा जानूपर्थ्यो । अहिले त्यसताे स्थिति छैन् ।’

उनले सरकार बनेको १० महिनामा आर्थिक स्थितिमा, कानुन निर्माणमा देश अघि बढेको बताए । उनले याे अवधिमा संघीयतालाई बलियो बनाउन धेरै विधेयक बनाइएको जानकारी समेत गराए ।

केही मानिस र समुहले निरासा बाडेर निरासाको खेती र व्यापार गरिरहेको उल्लेख गर्दै उनलेे काङ्ग्रेसले कहिले पनि निराशाको कुरा नगर्ने बताए । ‘काङ्ग्रेस नै निराश भए देश कसले हेर्छ ?’ उनले प्रश्न गरे ।

आफू भौतिक पुर्वाधार मन्त्री हुदा तराईमा थुप्रै सडक, पुलको काम गरेको बताउँदै उनलेे काङ्ग्रेसका नेताहरु विकासप्रति प्रतिबद्ध हुने गरेको बताए । ‘हामी भोलि पनि गर्नुपर्ने काम गर्छौ’ उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादवले नेपाली कांग्रेसकाे उपस्थिति मधेश प्रदेशमा बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले गृहमन्त्री रमेश लेखककाे प्रसंशा गरे । लेखक भौतिक पुर्वाधार मन्त्री हुँदा पातो कठौना सडक, शम्भुनाथ बनैनिया सडक र हुलाकी सडक बनाउन ठुलो योगदान पुर्याएको बताए ।

काेशी प्रदेशका प्रदेश सभा सदस्य एवं विराटनगरका पुर्व प्रमुख भीम पराजुलीले कांग्रेस एमाले गठबन्धनको सरकारले सुशासन, आर्थिक समृद्धि र संविधान संशोधन गर्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवले पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा तिलाठी काेइलाडी गाउँपालिकाका पूर्व वडा अध्यक्ष मनाेज कुमार चाैधरीकाे नेतृत्वमा केशरीकुमार सिंह बिनाेद झा, अनिल मण्डल, जयनारायण राम, विजयाकुमारी मण्डलसहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरे ।

यस्तै, विद्यार्थी नेताहरु मोहन साह, पृयान्सु यादव, निल सहनी, भोला मन्ड्ल, अनिल शर्मा, तेजनारायण रजक, नन्दुकुमार मण्डलसहितका समेत पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ का सभापति महानन्द यादवकाे अध्यक्षतामा कार्यक्रमको आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

Next Post

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

"विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न"

सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.