ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

Loading

राजविराज ।

सुरुङा नगरपालिका र खडक नगरपालिकाभित्रका ७२ वटा सामुदायिक विद्यालयहरूले ‘विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ विविध कार्यक्रमहरूको आयोजना गरी उत्साहपूर्वक सम्पन्न गरेका छन्। जेठ १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको यस सप्ताहअन्तर्गत बालबालिकामा पोषण र स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न गतिविधिहरू सञ्चालन गरिएको हो।

सप्ताहभरि विद्यालयहरूमा जुकाको औषधि खुवाउने, आँखाको परीक्षण, कानको परीक्षणजस्ता निःशुल्क स्वास्थ्य परीक्षणहरू सञ्चालन गरिनुका साथै बालबालिकालाई पोषणयुक्त खानेकुरा सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको थियो। साथै, स्थानीयस्तरमा पाइने सस्तो र पौष्टिक खानेकुराहरूको प्रदर्शनीमार्फत पोषणको महत्व झल्काइएको थियो ।

यस सप्ताहको मूल उद्देश्य बालबालिकालाई प्रारम्भिक उमेरदेखि नै स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्नु, पोषणयुक्त आहारको महत्त्व बुझाउनु र नियमित स्वास्थ्य परीक्षणको अभ्यासलाई प्रोत्साहन गर्नु हो। पोषणयुक्त खाना सेवनले बालबालिकाको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । यो केवल रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने मात्र नभई सिकाइ क्षमतामा समेत सुधार ल्याउने एक आधारशिला हो ।

Save the Children in Nepal को सहयोग तथा सुरुङा नगरपालिका र Khadak Municipality Saptari  को समन्वयमा सबल नेपालद्वारा सञ्चालित #sammunati (सम्मुनति) कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको हो । कार्यक्रमको सफल कार्यान्वयनका लागि दुबै पालिकाको शिक्षा शाखा, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो ।

सप्ताहभरीका गतिविधिहरूले बालबालिका, शिक्षक, र अभिभावकहरूमा पोषण र स्वास्थ्यप्रति नयाँ चेतनाको विकास गरेको विश्वास लिइएको छ। यस्तो प्रकारको कार्यक्रमले विद्यालय स्तरमै पोषणमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

Next Post

सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

सम्पादकीय : अदालतको आदेश र अटेर नीजि विद्यालय

बटसावित्री पर्व : महादेवामा महिला कर्मचारीलाई विदा

बटसावित्री पर्व : महादेवामा महिला कर्मचारीलाई विदा

बलानबिहुलमा प्रहरीको छापा, १६ पोका गाँजा बरामद

संचालनमा आयो राजविराज बसपार्क

संचालनमा आयो राजविराज बसपार्क

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...