ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 1, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

संचालनमा आयो राजविराज बसपार्क


संचालनमा आयो राजविराज बसपार्क

Loading

राजविराज । धेरै दिनको प्रतिक्षापछि राजविराज बसपार्क संचालनमा आएको छ ।

वडा नम्बर २ राजदेवी चोकमा निर्माण भएको बसपार्क बिहीबारदेखि संचालनमा आएको हो ।

बसपार्कको एक कार्यक्रमकाबीच नगरका कावा प्रमुख इसरत परबिनले उद्घाटन गरिन् । बसपार्कमा पार्किङ गरिएको तीन वटा बसमा झुण्ड्याइएको रिबन काटेर उनले बसपार्कको उद्घाटन गरिन् ।

उद्घाटनसँगै पार्किङ गरिएका बसहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको थियो ।

तीन पटक शिलान्यास भएको यो बसपार्क निर्माणको काम २०७४ सालबाट मूर्त रुप लिएको थियो । २०७४ साल पुस १९ गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएर ६ पटक म्याद थपेर यो बसपार्कको निर्माण भएको हो ।

१६ करोड ३८ लाख ९६ हजारको लागतमा निर्माण भएको बसपार्क सुविधा सम्पन्न छ । यहाँ ९० वटा बस र २० वटासम्म ट्याक्सी पार्किङ गर्न सकिने सघन शहरी तथा विकास निर्माण आयोजनका प्रमुख सुरेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलसहित सय वटा साना सबारी समेत पार्किङ गर्न सकिनेछ ।

उद्घाटन कार्यक्रमका बक्ताहरुले अब जथाभावी तरिकाले बससहितका सबारीसाधन पार्किङ गर्न नहुने बताए । उनले बसपार्कमै पार्किङ गरेर यहींबाट बस संचालन गर्नुपर्नेमा जोड् दिए ।

उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, नेपाल उद्योग बाणिज्य संघका सदस्य अरुण प्रधान, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रबाल, जसपा नेपालका अध्यक्ष केदार यादव, लोसपाका अध्यक्ष सुनिल झा, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नागरिक समाजका अगुवा थानसिंह भन्साली, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झा, सगरमाथा ट्रक ढुवानी संघका अध्यक्ष जगदीश अर्यालसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

वडा नम्बर २ का अध्यक्ष अरुण यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रबक्ता समेत रहेका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बलानबिहुलमा प्रहरीको छापा, १६ पोका गाँजा बरामद

Next Post

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

काभ्रेमा भएको सबारी दुर्घटनामा सप्तरीका तीन जना घाइते 

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

सबै प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडकको शिलान्यास, सप्तरीमा कहाँ-कहाँ बन्ने ?

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

काभ्रेमा भएको सबारी दुर्घटनामा सप्तरीका तीन जना घाइते 

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

मकै रूँग्न बसेका विष्टको हात्ती आक्रमणले मृत्यु 

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

राजविराज बसपार्क उद्घाटन : पदीय मर्यादाको उडाइयो खिल्ली

संचालनमा आयो राजविराज बसपार्क

संचालनमा आयो राजविराज बसपार्क

ब्रेकिङ : बलानबिहुलमा प्रहरीको छापा, ठुलो परिमाणमा गाँजा रहेको आशंका 

बलानबिहुलमा प्रहरीको छापा, १६ पोका गाँजा बरामद

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.