राजविराज । सप्तरीमा हात्तीको आक्रमणमा एक वृद्धको ज्यान गएको छ ।
जिल्लाकाे कंचनरुप नगरपालिका १२ धरमपुर निवासी ६६ बर्षका केदार बहादुर विष्टको गएराति हात्तीको आक्रमणमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको हात्तीको आक्रमणले राती खेतमा मकै रुङ्न बसेका विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार राति करिब १-३ बजेको समयमा याे घटना भएको हाे ।
हात्तीको आक्रमणबाट मृत्यु भएको विष्टको शव पाेष्टमाटमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको प्रहरीले जनाएको छ ।