![]()
राजविराज । केन्द्रीय विपद व्यवस्थापन समितिले सप्तरीको बलान बिहुल गाउँपालिकालाई रू ५० लाख बजेट उपलब्ध गराएको छ ।
सप्तरी जिल्लाको एक मात्र संकटग्रस्त घोषणा भएको यो पालिकालाई केन्द्रीय विपद व्यवस्थापन समितिले यो बजेट उपलब्ध गराएको हो ।
बजेटले विपदमा परेका जनतालाई सहयोग गर्ने पालिका प्रमुख खेमचन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार विपदमा पालिकाका झन्डै ३०० जना प्रभावित हुने आँकलन छ । बलान नदीले प्रत्येक बर्ष बर्षाको समयमा यो पालिकामा बितण्डा मचाउँदै आएको छ । याे नदीका कारण पालिकाका धेरै जनता प्रभावित भैरहेका छन’ इग्रीन मधेशसँग कुरा गर्दै पालिका प्रमुख यादवले भने, ‘ केन्द्रबाट आएको बजेटले उनीहरुलाई सहयोग पुग्नेगरी खर्च हुन्छ ।’
अवस्था हेरेर नगद या सामग्री उपलब्ध गराउने योजना रहेको उनले बताए ।
यो पालिकामा बलान नदी नियन्त्रणका लागि पनि रु ३० लाख बजेट आएको छ ।
सिंचाइ कार्यालयमा आएको यो बजेटले अहिलेसम्म काम शुरु नगरिएको बताउँदै अबिलम्ब काम शुरु गर्न कार्यालयसँग आग्रह गरेको बताए । नदी नियन्त्रणको काम एक सातामा सकिन्छ’ उनले भने, ‘अबिलम्ब काम शुरु हुनेमा विश्वस्त छु ।’
अध्यक्ष यादवले स्थानीय सरकारको निर्माण कार्य अवरुद्ध हुने ठाउँहरुमा तदारुकताका सुरक्षा मिलाइदिन भनेका छन् ।
सार्वजनिक जग्गा अतिक्रमित भएका कारण विकासीय काम अवरुद्द भैरहेको बताउँदै उनले यसमा गम्भीर बन्न आग्रह गरे ।












