ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

वडा अध्यक्षको मनोमानीविरुध एकजुट भएर आन्दोलन गर्ने निर्णय  


वडा अध्यक्षको मनोमानीविरुध एकजुट भएर आन्दोलन गर्ने निर्णय  

Loading

राजविराज । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका वडा नम्बर ४ का स्थानीय बासीहरु बडा अध्यक्ष मौली मण्डलको कार्यशैली स्वेक्षाधारी भएको भन्दै एकजुट भएर आन्दोलनमा उत्रिने निर्णय गरेको छ ।

स्थानीय तह गठन हुनु भन्दा पहिले सवैको सहयोगमा आपतकालिन अबस्थाको लागि व्यवस्था गरेर राखिएको ठूलो होमपाईप वडा बाहिर लगेको र वडामा हुने गरेको विकासे काम सम्पन गर्न गुपचुप उपभोक्ता समिति बनाएर काम गर्ने गरेको स्थानीयको भनाई छ । मनोमानी तरिकाले काम गरिरहेको भन्दै वडा अध्यक्ष विरुद्व आन्दोलन गर्ने निर्णय उनीहरुले गरेका छन् ।

निर्वतमान वडा अध्यक्ष नागेश्वर मण्डलको अध्यक्षमा वडाबासीहरुको सहाभागितामा सम्पन भएको बैठकले वर्तमान वडा अध्यक्ष मौली मण्डलको स्वेक्षाधारी कार्यशैली विरुद्व आन्दोलन गर्ने निर्णय गरेको हो ।

समस्त बडाबासीको सहभागितामा भएको भेलाले तत्काल वडा अध्यक्षलाई सात दिन भित्र भेलाले गरेको निर्णयको जवाफ दिन आग्रह समेत गरेको छ ।

भेलामा सहभागी स्थानीय राजनीतिकर्मी कुुशुमकान्त झाले स्वेक्षाधारी तबरले काम गर्नेलाई तत्काल रोक्न सवैलाई एकजुट हुनुपर्नेमा जोड दिए ।

स्थानीय तह गठन हुनु पुर्व स्थानीयको आग्रहमा तत्कालिन गाविस अध्यक्षले आपतकालिन अवस्थामा प्रयोग गर्न राखिएको होमपाईप कसैलाई जानकारी नदिईकन अन्यन्त्र लगिनु समस्त वडाबासीको अपमान भएको झाको कथन थियो ।

सोही अबसरमा पुर्व गाविस उपाध्यक्ष नन्दकेश्वर मण्डलले कसैले स्थानीयबासीको मर्म र भावना विपरित काम गरे आफुहरु चुप लागेर नबस्ने चेतावनी दिए ।

उनले स्थानीयको भावना अनुसार काम गर्न वडा अध्यक्षलाई आग्रह गर्दे मनमर्जी गरे परिणाम स्वयम वडा अध्यक्षले भोग्नुपर्ने चेतावनी दिए । उनले वडामा निर्माण गर्न लागेको चिपस फैक्टरीको भवन निर्माण गर्न वडा अध्यक्ष मौली मण्डलले आफ्नै सहोदर कान्छो भाई रामचन्द्र मण्डललाई निर्माण समितिको अध्यक्ष बनाएर कमर्सीयल काम गरेको आरोप लगाए ।

‘सुनेको अधारमा फैक्टरी निर्माण गर्न ५० लाख आएको छ’ पुर्व उपाध्यक्ष मण्डलले भने, ‘तर काम ३० लाखको मात्रै काम भएको छ । हाम्रो कुरा वडा अध्यक्षले सुन्दैन तर हामी वडा बासीको समस्या बुझेर बोल्न बाध्य भएको छु ।’

निबर्तमान वडा अध्यक्ष नागेश्वर मण्डलले जनभावना अनुसार आफुले अघि बढेको बताए ।

निर्वाचनको परिणाम आफुले स्वीकार गरेर जनताको सेवामा अहोरात्र खटेको भन्दै वडाबासीको आदेश अनुसार कठोर भन्दा कठोर काम गर्न प्रतिवद्ध रहेको बताए ।

‘मलाई वडाबासीले जनभावना अनुसार काम गर्न जुन निर्देशन दिन्छ म तयार छु’ उनले भने ।

मतादेशको मातमा कसैले दादागरी गरे जुनसुकै प्रतिवाद गर्ने उनले बताए ।

सो अवसरमा शिवु नेताले वडा अध्यक्ष मौली मण्डलले सबैलाई बेवकुप बनाएर एकात्वमक तवरले स्वेक्षाधारी हिसावले अधि बढ्न खाजेको आरोप लगाए ।

उनले वडाध्यक्षले आफना भतिजा प्रविण मण्डललाई ग्रामदेवताकोे मन्दिर परिसर भित्र आवश्यक निर्माण कार्य गर्न जिम्मेवारी दिएर भद्रगोल गरेपनि मौणताधारण गरेर व्यापक रकम हिनामिना गरेको आरोप लगाए ।

उनका अनुसार माटोका रकम रहेता पनि ग्रामदेवताको मन्दिर परिसरमा तीन फिट खाल्टो खनी निर्मानित भवनमा पुरेको छ ।

काग्रेसका स्थानीय नेता नन्दकेश्वर मण्डलले तत्काल वडा अध्यक्षले वैठकको निर्णय बमोजिम होममपाईमको अवस्था सार्वजनिक गरेर उठाएको स्थानमा सात दिन भित्र नराखे वडाको कार्यालयमा ८औं दिन तालाबन्दी गर्ने चेतावनी दिए ।

होमपाईप स्थानीयलाई बिना जानकारी .लगेपछि वडा स्तरमा भएको दुई दिनको बैठकमा वडा अध्यक्ष मौली मण्डललाई व्यक्ति पिच्छे बैठकमा सहभागी हुन आग्रह गरेपनि उनले आउन मानेनन् ।

बैठकमा जनप्रतिनिधिको सहभागिता नभएपछि स्थानीय युवाहरु आक्रोशित बनेका थिए । यस विषयमा वडा अध्यक्ष मौली मण्डल संग फोनमा सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया दिन मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेश कृषि विश्वविद्यालय र भारतको केन्द्रीय कृषि विश्वविद्यालयबीच सम्झौता

Next Post

सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

जलसंकटको अवस्थामा प्रधानमन्त्री हेलिकप्टरमा घुमेर हुँदैन, काम गर्नुपर्छ : उपेन्द्र यादव

जलसंकटको अवस्थामा प्रधानमन्त्री हेलिकप्टरमा घुमेर हुँदैन, काम गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

राजविराज : घरबाटै उठाएर बालिकासँग सामूहिक बलात्कार 

‘अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुको सट्टा अपहरणको मुद्दा  चलाउने गरिन्छ’

'अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुको सट्टा अपहरणको मुद्दा  चलाउने गरिन्छ'

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

सप्तरी : बरहीबीरपुरमा दुई राउण्ड हवाई फायर, हेरोइनसहित दुई जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.