ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जलसंकटको अवस्थामा प्रधानमन्त्री हेलिकप्टरमा घुमेर हुँदैन, काम गर्नुपर्छ : उपेन्द्र यादव

जलसंकटको अवस्थामा प्रधानमन्त्री हेलिकप्टरमा घुमेर हुँदैन, काम गर्नुपर्छ : उपेन्द्र यादव

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश संकटग्रस्त अवस्थामा रहँदा प्रधानमन्त्रीले हेलिकप्टरमा घुमेर केही नहुने बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार राजविराजमा उद्घाटन गर्दै यादवले यस्तो बताएका हुन् ।

अन्नदाता त्राहिमाम अवस्थामा रहेको, खेतमा धुलो उडिरहेको, साउन महिनामै ४०० फिट तलसम्म पानी पाउन नसकिरहेको उल्लेख गर्दै उनले भने, ‘अरु मौसममा अवस्था कस्तो होला ?’

यादवले चुरे क्षेत्रलाई सरकारले राजमार्ग बनाएको र बसोबासको नाममा अतिक्रमण गरेका कारण यस्तो समस्या सृजित भएको बताए । ‘यसले पानीको सतह तल झर्दै गयो र मधेश मरुभूमि बन्यो’ पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले भने ।

सरकारको गलत नीति र योजनाले देशमा जल संकटको स्थिति उत्पन्न भएको भन्दै उनले युनेस्कोले पनि धेरै पटक चुरेलाई जोगाउन भनिसकेको र यसलाई बचाउन अरबौको सहयोग आएपनि गलत नीतिले काम हुन नसकेको बताए ।

यादवले देशमा पर्याप्त नदीनाला भएको उल्लेख गर्दै त्यहीं नदीनालाबाट सिंचाइ पुर्याउन सकिने बताए । ‘यसका लागि बजेट संशोधन गर्नु जरुरी छ ।’

जल संकटको स्थायी समाधान खोज्न नसकिए देश हितको सरकार कहलाउन नसकिने भन्दै उनले बजेट संशोधन गरी सारा शक्ति यसमै खर्चिन सुझाव दिए । ‘अन्तर्राष्ट्रिय सहयोग समेत लिएर यसको समाधान अबिलम्ब खोज्नुपर्छ’ उनले भने ।

नदी नभएको ठाउँमा पनि राम्रो खेती भइरहेको उल्लेख गर्दै उनले बर्षाको पानी संकलन गरी धेरै ठाउँँमा खानेपानी र खेतीका लागि प्रयोग भइरहेको बताए । ‘त्यसरी नै यहाँ पनि गर्न सकिन्छ’ उनले भने, ‘सरकार यसतर्फ गम्भीर बन्नु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद

Next Post

राजविराज : घरबाटै उठाएर बालिकासँग सामूहिक बलात्कार 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

राजविराज : घरबाटै उठाएर बालिकासँग सामूहिक बलात्कार 

‘अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुको सट्टा अपहरणको मुद्दा  चलाउने गरिन्छ’

'अन्तर्जातीय विवाह गर्दा सम्बन्ध राम्रो बनाउनुको सट्टा अपहरणको मुद्दा  चलाउने गरिन्छ'

भारतीयहरु आएर गोबरगाढामा चलाए गोली, एक जना घाइते

सप्तरी : बरहीबीरपुरमा दुई राउण्ड हवाई फायर, हेरोइनसहित दुई जना पक्राउ

सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

सप्तरी : दुई महिनापछि कन्तलाल चौधरीको हत्यामा संलग्न ९ जना पक्राउ 

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार विजयी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.