![]()
राजविराज । प्रहरीले राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नम्बर ११, लंका टोल बस्ने अन्दाजी ३३ बर्षीय मो. खुर्शिद आलम छन् ।
सोमबार राजविराजबाट काठमाडौं जान लागेका आलमको साथबाट साउदी रियाल ३५,९७६ बरामद भएको सप्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका आलमसँगको रकमको वैधताको पुष्टि नभएको हुँदा आवश्यक कार्वाहीका लागि आन्तरिक राजस्व कार्यालय, ईटहरी सुनसरीमा बुझाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।












