ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

सशस्त्र प्रहरीको पूर्व–पश्चिम झण्डा मार्च सप्तरी आइपुग्यो

Loading

राजविराज । आफ्नो २५ औं स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरीले “पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम“ आयोजना गरेको छ ।

पुर्वको मेची पुलबाट र पश्चिमको महाकालीबाट एकसाथ यो मार्च शुरु गरिएको छ ।

पुर्वको मेचीबाट निस्केको मार्च टोली शुक्रबार सप्तरी आइपुगेको छ । पुर्वको झापा, मोरङ र सुनसरी हुँदै सप्तरी आएको टोलीले नेपालको राष्ट्रिय तथा सशस्त्र प्रहरीको झण्डा सप्तरी तथा मधेश प्रदेशको टोलीलाई हस्तान्तरण गरेको छ ।

दुबै झण्डा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई र सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले मधेशका डीआईजी कृष्ण ढकाललाई हस्तान्तरण गरे ।

बाजागाजासहित भारत–नेपालको सिमा छेउ हुँदै सुरु गरिएको झण्डा मार्च अब सप्तरीको टोलीले सिरहाको टोलीलाई हस्तान्तरण गर्नेछ ।

झण्डा बोकेर पैदलै हिडेर टोलीले आइतबार बिहान सिरहाको टोलीलाई हस्तान्तरण गर्ने सशस्त्र प्रहरी बल ६ नम्बर गण हेड क्वाटर सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना यो कार्यमा खटिएका छन् ।

सशस्त्र प्रहरीका अनुसार पुर्वमा मेची र पश्चिमा महाकालीबाट एकै पटक २० पुसबाट प्रारम्भ भएको “झण्डा मार्च“ पर्सास्थित ठोरीमा आगामी माघ ७ गते मिलन हुनेछ । दुबै टोलीको मिलनपछि ठोरीमा कार्यक्रमको आयोजना हुनेछ । उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक समेत आएर सम्बोधन गर्नेछन् ।

यो मार्च पास नेपाल–भारत सिमाबर्ती क्षेत्र हुँदै अघि बढ्ने सशस्त्र प्रहरीले जनाएको छ ।

माघ ९ गते सशस्त्र प्रहरीले स्थापना दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान : वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा

Next Post

सप्तरी : सामाजिक संजालमा अरुलाई ठेस पुग्ने पोष्ट गरिए कार्वाही भोग्नुपर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरी : सामाजिक संजालमा अरुलाई ठेस पुग्ने पोष्ट गरिए कार्वाही भोग्नुपर्ने

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

राज्यले नै नीजि विद्यालयमा पटक–पटक प्रहार गरेको छ : उपाध्यक्ष झा

राज्यले नै नीजि विद्यालयमा पटक–पटक प्रहार गरेको छ : उपाध्यक्ष झा

सप्तरीको चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सप्तरीको चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.