![]()
राजविराज । सप्तरी सदरमुकाम राजविराजमा शनिबार जगन्नाथ रथयात्रा निकालिएको छ ।
राजविराजस्थित कृष्ण मन्दिर अगाडिबाट निकालिएको रथयात्रामा उल्लेख्य सहभागिता थियो ।
कृष्ण मन्दिरबाट निकालिएको रथयात्रा राजविराज नगरको विभिन्न भाग परिक्रमा गरेको छ ।
नगर परिक्रमा गरी कृष्ण मन्दिरमै गएर रथयात्राको समापन गरिएको छ ।
यो रथयात्रामा महिला, पुरुषदेखि बालबालिका र बृद्धबृद्धासम्मले सहभागिता जनाएका छन् । झाँकी, बाजागाजासहित निकालिएको रथयात्राका सहभागीले ‘हरे कृष्ण, हरे कृष्ण, कृष्ण, कृष्ण हरे हरे, हरे राम हरे राम, राम राम हरे हरे’ उच्चारण गर्दै नाचेका थिए ।
सहभागीमध्ये धेरै पुरुष धोति लगाएर आएका थिए । महिला भने साडी लगाएर सहभागी भएकी थिइन् ।
सुख, शान्तिको कामना गर्दै सनातनीप्रति आकर्षण बढाउन राजविराजमा लगातार चाैथाे पटक जगन्नाथ रथयात्रा निकालिएको छ ।
यसअघि भारतको जगन्नाथपुरी, मथुरामा मात्रै रथयात्रा निकाल्ने गरिएपनि अहिले संसारको धेरै ठाउँमा निकाल्न थालिएको छ ।












