![]()
राजविराज । जानकी अयाेधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टको दोस्रो स्थापना दिवस मनाइएको छ ।
दिवसको अवसरमा शुक्रबार ज्येष्ठ नागरिकलाई कम्बल बितरण एवं स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
राजविराज नगरपालिका १६ बोरियास्थित ट्र्ष्टको प्राङ्गणमा १५ जना ज्येष्ठ नागरिकलाई कम्बल बितरण गरिएको हो ।
ट्र्ष्टका अध्यक्ष डा. चिरञ्जीवी लाल देवसहित सप्तरी रेड्क्रसका सभापति जोगेन्द्र भगतसहितकाले कम्बल बितरण गरे ।
उक्त अवसरमा नि:शुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरियो । शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. उषा देव, रेडियोलोजिष्ट डा. राजेश देव, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. अमित देव र जनरल मेडिसिन डा. खुश्वु देवले सेवा दिएका थिए ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्व प्रमुख समेत रहेका डा. चिरञ्जीवी लाल देवले आफना दिवंगत माता जानकी, पिता अयोधी एवं पत्नी मञ्जु देवीकाे स्मरणमा आफ्नो समेत नाम जाेडेर ट्र्ष्ट स्थापना गर्न लागेका छन् ।
बोरियास्थित आफ्नै जग्गामा डा. देवले यो ट्र्ष्ट बनाउन लागेका हुन् ।
ट्र्ष्ट मार्फत शिक्षा र स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गरिने उनले बताए ।












