![]()
एस.के. शान
राजविराज । आगामी फागुन २१ गते प्रतिनिधी सभा सदस्य पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा चार लाख ४६ हजार ४०२ जनाले मतदान गर्नेछन् ।
मतदान गर्नेमा दुई लाख ३३ हजार ९६ जना पुरुष, दुई लाख १३ हजार २८३ जना महिला र २३ जना अन्यले मतदान गर्नेछन् ।
जिल्ला निर्वाचन कार्यालय, सप्तरीका अनुसार २०८२ साल फागुन २० गतेसम्म १८ बर्ष पुग्ने समेतको संख्या हो यो ।
यो मतदाता संख्या २०७९ सालमा भएको निर्वाचनभन्दा २८ हजार २८ बढी हो । २०७९ को निर्वाचनमा दुई लाख १७ हजार २८२ पुरुष, दुई लाख एक हजार ७१ महिला र १४ जना अन्य गरी चार लाख १८ हजार ३७४ मतदाता थिए ।
जिल्लाभरिमा २८ हजार २८ जना मतदाता बढ्दा सबैभन्दा बढी सदरमुकाम राजविराजमा बढेको देखिएको छ भने सबैभन्दा कम सप्तकोशी नगरपालिकामा बढेको देखिएको छ ।
कुन पालिकामा कति बढ्यो मतदाता ?
२०७९ सालको निर्वाचनमा रहेका मतदाता र यस पटकको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ बर्ष पुग्नेको मतदाताको विश्लेषण गर्ने हो भने राजविराज नगरपालिकामा दुई हजार २९७ पुरुष, दुई हजार २६१ महिला र एक अन्य गरी चार हजार ५५९ मतदाता बढेको देखिन्छ ।
दोस्रो स्थानमा हनुमानगर कंकालिनी नगरपालिका रहेको छ । यो पालिकामा एक हजार ३५२ पुरुष र एक हजार १५० महिला गरी दुई हजार ५०२ मतदाता अघिल्लो चुनावभन्दा बढेको छ ।
मतदाता बढेको सूची अनुसार तिलाठी कोइलाडी गाउँपालिका तेस्रो नम्बरमा छ । यो पालिकामा एक हजार ६६ पुरुष र एक हजार ५४ महिला गरी दुई हजार १२० मतदाता बढ्दा डाक्नेश्वरी नगरपालिकामा एक हजार १९७ पुरुष र ८७३ महिला गरी दुई हजार ७३ जना मतदाता बढेको छ ।
महादेवा गाउँपालिकामा ९९५ पुरुष र ९५२ महिला गरी एक हजार ९४६, छिन्नमस्ता गाउँपालिकामा एक हजार ६ पुरुष र ८९८ महिला गरी एक हजार ९०४, सुरुङा नगरपालिकामा एक हजार २५ पुरुष र ७३७ महिला गरी एक हजार ७६२, बिष्णुपुर गाउँपालिकामा ७८६ पुरुष र ६६८ महिला गरी एक हजार ४५४ मतदाता बढेका छन् । यो पालिकामा अन्य एक जना भने घटेका छन् ।
यस्तै, रुपनी गाउँपालिकामा ७७२ पुरुष, ५५५ महिला र एक अन्य गरी १ हजार ३०८, खडक नगरपालिकामा ८५१ पुरुष, ४०८ महिला र २ अन्य गरी एक हजार २६१, कंचनरुप नगरपालिकामा ८१० पुरुष, ४४३ महिला र एक अन्य गरी एक हजार २५४, बोदे बर्साइन नगरपालिकामा ७७४ पुरुष, ३८२ महिला र १ अन्य गरी एक हजार १५७, राजगढ गाउँपालिकामा ६७२ पुरुष र ४१६ महिला गरी एक हजार ८८ मतदाता बढेका छन् अघिल्लो चुनावभन्दा ।
त्यस्तै, अग्निसाइर कृष्णसवरन गाउँपालिकामा ६५२ पुरुष र ४२१ महिला तथा १ अन्य गरी एक हजार ७३, शम्भुनाथ नगरपालिकामा ५८६ पुरुष, ४५३ महिला र २ अन्य गरी एक हजार ४१, तिरहुत गाउँपालिकामा ३७८ पुरुष र १९५ महिला गरी ५७३, बलान बिहुल गाउँपालिकामा ३४७ पुरुष र १८८ महिला गरी ५३५ जना मतदाता थपिएका छन् ।
सप्तकोशी नगरपालिकामा २८९ पुरुष र ११८ महिला गरी ४०७ जना थपिएका छन् ।
कुन पालिकामा कति मतदाता ?
राजविराज नगरपालिकामा २१ हजार २६५ महिला, २३ हजार ९७७ पुरुष र दुई अन्य गरी ४५ हजार २४४, कंचनरुप नगरपालिकामा १८ हजार २७९ महिला, १९ हजार १२०४ पुरुष र ४ जना अन्य गरी ३७ हजार ३८७ तथा खडक नगरपालिकामा १६ हजार ५६५ महिला, १६ हजार ६४७ पुरुष र ४ अन्य गरी ३३ हजार २१६ मतदाताले यस पटक मतदान गर्नेछन् ।
सुरुङा नगरपालिकामा १५ हजार ७२७ महिला, १५ हजार ७२७ पुरुष र एक अन्य गरी ३१ हजार ४५५, डाक्नेश्वरी नगरपालिकामा १४ हजार ४०१ महिला र १६ हजार ३८६ पुरुष गरी ३० हजार ७८७, हनुमाननगर कंकालिनी नगरपालिकामा १३ हजार ९८१ महिला र १६ हजार ४६६ पुरुष गरी ३० हजार ४७७, बोदे बर्साइन नगरपालिकामा १४ हजार १३४ महिला, १५ हजार ७२७ पुरुष र एक अन्य गरी २९ हजार ८६२, शम्भुनाथ नगरपालिकामा १२ हजार ५७५ महिला, १२ हजार ५७२ पुरुष र चार अन्य गरी १५ हजार १५१, तिलाठी कोइलाडी गाउँपालिकामा १० हजार १७९ महिला र ११ हजार ७०९ पुरुष गरी २१ हजार ८८८, अग्निसाइर कृष्णसवरन गाउँपालिकामा १० हजार १३ महिला, नौ हजार ९८७ पुरुष तथा अन्य चार गरी २० हजार चार जना मतदाताले यस पटक मतदान गर्नेछन् ।
यस्तै, राजगढ गाउँपालिकामा नौ हजार ८० जना महिला र १० हजार ६३६ पुरुष गरी १९ हजार ७१६, रुपनी गाउँपालिकामा नौ हजार २६४ महिला, १० हजार ३४९ पुरुष दुई अन्य गरी १९ हजार ६१५, महादेवा गाउँपालिकामा आठ हजार ९४५ महिला र १० हजार २३ पुरुष गरी १८ हजार ९६८, बिष्णुपुर गाउँपालिकामा सात हजार ६९५ महिला, आठ हजार ९०६ पुरुष गरी १६ हजार ६०२, सप्तकोशी नगरपालिकामा सात हजार ८८३ महिला र सात हजार ९६८ पुरुष गरी १५ हजार ८६१, तिरहुत गाउँपालिकामा सात हजार १६९ महिला र आठ हजार १७५ पुरुष गरी १५ हजार ३४४ तथा बलान बिहुल गाउँपालिकामा ६ हजार ९९७ महिला र आठ हजार ३६ पुरुष गरी १५ हजार ३३ जनाले मतदान गर्नेछन् ।
२०७९ मा कति थिए मतदाता ?
२०७९ सालको निर्वाचनमा पनि सबैभन्दा बढी मतदाता राजविराज नगरपालिकामै थिए । त्यस बेला २१ हजार ६८० पुरुष र १९ हजार ४ महिला तथा एक अन्य गरी ४० हजार ६८६ मतदाता थिए राजविराजमा ।
दोस्रोमा कंचनरुप नगरपालिकामा १८ हजार २९४ पुरुष, १७ हजार ८३६ महिला र अन्य तीन गरी ३६ हजार १३४ मतदाता थिए भने तेस्रोमा खडक नगरपालिकामा १५ हजार ८३६ पुरुष, १६ हजार १५७ महिला र अन्य दुई गरी ३१ हजार ९९७ मतदाता थिए ।
सुरुङा नगरपालिकामा १४ हजार ७०२ पुरुष, १४ हजार ९९० महिला र एक अन्य गरी २९ हजार ६९३, डाक्नेश्वरीमा १५ हजार १८९ पुरुष र १३ हजार ५२८ महिला गरी २८ हजार ७१७, हनुमाननगर कंकालिनी नगरपालिकामा १५ हजार ११४ पुरुष र १२ हजार ८३१ महिला गरी २७ हजार ८४५, बोदे बर्साइन नगरपालिकामा १४ हजार ९५३ पुरुष र १३ हजार ७५२ महिला गरी २८ हजार ७०५, शम्भुनाथ नगरपालिकामा ११ हजार ९८६ पुरुष, १२ हजार १२२ महिला र दुई अन्य गरी २४ हजार ११२, तिलाठी कोइलाडी गाउँपालिकामा १० हजार ६४३ पुरुष र नौ हजार १२५ महिला गरी १९ हजार ७६८ मतदाता थिए ।
यस्तै, अग्निसाइर कृष्णसवरन गाउँपालिकामा नौ हजार ३३५ पुरुष, नौ हजार ५५२ महिला र अन्य तीन गरी १८ हजार ८९१, छिन्नमस्ता गाउँपालिकामा नौ हजार ६८५ पुरुष, आठ हजार २३३ महिला गरी १७ हजार ९१८, राजगढ गाउँपालिकामा नौ हजार ९६४ पुरुष, आठ हजार ६६४ महिला गरी १८ हजार ६२८, रुपनी गाउँपालिकामा नौ हजार ५७७ पुरुष र आठ हजार ७०९ महिला र एक अन्य गरी १८ हजार २८७, महादेवा गाउँपालिकामा नौ हजार २९ पुरुष, सात हजार ९९३ महिला गरी १७ हजार २२, बिष्णुपुर गाउँपालिकामा आठ हजार १२० पुरुष, सात हजार २७ महिला र एक अन्य गरी १५ हजार १४८, सप्तकोशी नगरपालिकामा सात हजार ६८९ पुरुष र सात हजार ७६५ महिला गरी १५ हजार ४५४,तिरहुत गाउँपालिकामा सात हजार ७९७ पुरुष र ६ हजार ९७४ महिला गरी १४ हजार ७७१ तथा बलान बिहुल गाउँपालिकामा सात हजार ६८९ पुरुष र ६ हजार ८०९ महिला गरी १४ हजार ४९८ मतदाता थिए ।












