ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बलिदानी दिवसको १९ बर्ष : नेताहरु घुमिफिरी रुम्जाटार


बलिदानी दिवसको १९ बर्ष : नेताहरु घुमिफिरी रुम्जाटार

Loading

एस.के. शान

राजविराज । कुहिरोसँगै चिसो हावाले सबै काँपिरहेका थिए । त्यहीं बेला केहि युवाहरु फुर्तीका साथ पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरे । सप्तरीको कंचनपुर बेरियर (हाल कंचनरुप नगरपालिका ५) मा लगभग तीन घण्टा चक्काजाम गरियो ।

यसको भोलिपल्टै सिरहाको लहान तनावग्रस्त बन्यो । लहानमा चक्काजाम गरी बसेका युवाहरुमाथि प्रहरीले अत्यधिक बल प्रयोग गर्‍यो । यसको जवाफमा चक्काजामका कारण रोकिएका दर्जनौं सबारीसाधन खरानी बन्यो । यहीं तनावका बीच गोली चल्यो । गोलीको शिकार बने रमेश महतो । उनी तत्कालै ढले ।

उनी ढले लगत्तै उनको लाश लुकाउने प्रयास पनि भयो । तत्कालिन नेकपा माओवादीका नेता मातृका यादव यसमा मुछिए ।

यो घट्नाले उग्र रुप लियो र आन्दोलन तराई/मधेशका सबै जिल्लामा फैलियो । राजमार्गको दुबै छेउमा रहेका मोटा मोटा रुखहरु ढालेर सडक अवरुद्व गरियो ।

प्रसङ्ग हो तराई/मधेशमा शुरुवात भएको आन्दोलनको प्रारम्भिक क्षण । पहिलो पटक २०६३ साल माघ ४ गते सप्तरीको कंचनपुरबाट शुरु भएको चक्काजाम माघ ५ गते लहानमा पुग्दा जताततै तनावको रुप लिएको थियो ।

२०६३ साल माघ १ गते जारी भएको अन्तरिम संविधानलाई काठमाडौंमा जलाउँदै गर्दा त्यस बेला एनजिओको रुपमा रहेको मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितकालाई पक्राउ गरिएको बिरोधमा उनका समर्थकहरुले चक्काजाम गरेका थिए ।

माओवादी नेता माृतका यादव आइरहेको बखत चक्काजाम नखोल्दा माओवादी कार्यकर्ताकै तर्फबाट चलेको गोलीले रमेश महतोको ज्यान गए लगत्तै रोकिएका धेरै बस, ट्रक, जीप, कारसहितका सबारीसाधन जलाइयो । यो आन्दोलन माघ २४ गतेसम्म चलेको थियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दोस्रो पटक २४ माघमा सम्बोधन गरे पश्चात आन्दोलन टुँगिएको थियो ।

यो आन्दोलन चलिरहँदा ६० जनाभन्दा बढीले ज्यान गुमाए । धेरै अंगभंग भए । यसै दिन अर्थात् माघ ५ गतेको दिनलाई बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ । यो दिन आजको माघ ५ गतेसम्म आउँदा १९ बर्ष पूरा गरेको छ ।

बलिदानी दिवसले जन्मायो अध्यक्षै अध्यक्ष

आन्दोलन सकिए लगत्तै मधेशी जनअधिकार फोरम नेपाल दलको रुपमा बाहिर आयो । यो पार्टीमा प्रवेश गर्ने लहर नै चल्यो । काँग्रेस, एमालेबाट प्रवेश गर्नेहरुको लहर चलेपछि पहिलो संविधानसभा निर्वाचनमा फोरम चौथो दल बन्यो ५३ सिट ल्याएर ।

फोरम पार्टी स्थापित हुँदासम्म फोरमसहित सद्भावनाको दुई खेमा गरी तीन पार्टी मात्रै थियो तराई/मधेशमा राजनीति गर्ने । तर अहिलेसम्म आउँदा दर्जनौं पार्टी खुलिसक्यो । धेरै नेता पार्टीको अध्यक्ष नै बने । तीमध्ये केहि लोप भइसकेका छन् भने कसैको अस्तित्व नै हराइसकेको अवस्था छ ।

मधेशमा बलेको आगो र त्यसबेलाको फोरम नेपालको जनझुकाव देखेर पार्टीमा लागेकाहरु स्वयं नै अध्यक्ष बने । त्यस बेला फोरममा लागेका विजय गच्छदार, जयप्रकाश गुप्ता, शरदसिंह भण्डारी, राजकिशोर यादवले आ–आफ्‌नै नेतृत्वमा पार्टी खोले ।

विजय गच्छदारले फोरम लोकतान्त्रिक, राजकिशोर यादव फोरम गणतान्त्रिक, शरदसिंह भण्डारी राष्ट्रिय मधेश समाजवादी पार्टीको नेतृत्व गरिसकेका छन् । अहिले राजकिशोर र शरदसिंह उपेन्द्रसँगै फर्किएका छन् भने गच्छदार कांग्रेसमा आइसकेका छन् ।

त्यस बेला सद्भावना (आनन्दीदेवी) र श्यामसुन्दर गुप्ता नेतृत्वको सद्भावना थियो । तर त्यस बेला सद्भावनाकै राजेन्द्र महतो, विकास तिबारी र अनिल झा छुट्टाछुट्टै पार्टीको अध्यक्ष बनेका थिए । महतोले सद्भावना, तिबारीले नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) र झाले नेपाल सद्भावना पार्टीको नेतृत्व गरेका थिए । सरिता गिरीले अनिल झासँग आफ्‌नो पार्टी एकीकरण गरेकी थिइन् ।

सद्भावना पार्टीका अर्को अध्यक्ष श्यामसुन्दर गुप्ता जेल गएका थिए । सद्भावनाकै नेता हृदयेश त्रिपाठी तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए ।

काँग्रेसबाट अलग भएर तराई मधेश लोकतान्त्रिक पार्टीको गठन गर्ने महन्थ ठाकुर पार्टीको पनि दुई टुक्रा भएको थियो । उनको पार्टीमा रहेका महेन्द्र राय यादव पनि छुट्टै पार्टी गठन गरेका थिए । तराई मधेश सद्भावना पार्टीको नेतृत्व उनले गरेका थिए ।

अहिले विकास तिबारी राजेन्द्र महतोसँगै फर्किएका छन् भने अनिल झाले छुट्टै पार्टी गठन गरेका छन् । हृदयेश त्रिपाठी लोसपा हुँदै जसपा नेपालमा आउँदा महेन्द्र राय यादव नेकपामा लागेका छन् ।

गुप्ताको राजनीति डामाडोल

२०६३ सालमा मधेशमा आगो बलेकै बेला काँग्रेस परित्याग गरी जयप्रकाश प्रसाद गुप्ता मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरे । मधेशको माहौल हेरेर फोरम बनेका गुप्ता पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित पनि भए । लगत्तै सरकारमा आएको फोरमबाट उनी कृषि र सूचना तथा संचार मन्त्री बने । संचार मन्त्री भएकै बेला भ्रष्टाचार मुद्दामा जेल परेका उनी बाहिरिएपछि तराई/मधेश राष्ट्रिय अभियानको शुरुवात गरे । त्यस बेला उनलाई फोरम नेपालकै दिग्गज नेताहरुले साथ र सहयोग दिएपनि अहिलेको अवस्थामा उनी एक्लिएका झैं छन् ।

विलिन भएका गुप्ता

उपेन्द्र यादवसँगै पहिलो मधेश आन्दोलनमै उदाउने भाग्यनाथ गुप्ताको नाम शायद सबैले बिर्सिसकेको हुनुपर्छ । पर्साको बीरगंज निवासी गुप्ता तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका प्रमुख नेता मानिन्थे । तर अध्यक्ष उपेन्द्र यादवले आफूहरुसँग कुनै सरसल्लाह नै नगरी सरकारसँग २२ बुँदे सहमति गरेको भन्दै २०६४ सालमा अर्को फोरमको गठन गरे ।

फोरम मधेशको शुरुवात राम्रै रहेपनि यो संगठनको अहिले नाम निशान छैन् । गुप्ता स्वयं विलिनको स्थितिमा छन् ।

२०६३ साल माघ ५ बाट शुरु भएर १९ दिनसम्म चलेको मधेश आन्दोलन २०६४ सालमा पनि भयो । तीन मधेशी दलले नेतृत्व गरेको यो आन्दोलनमा धेरैले ज्यान गुमाए ।

२०७२ सालमा चलेको आन्दोलन एकदमै लामो रह्यो । सप्तरीको भारदहबाट प्रारम्भ भएको तेस्रो मधेश आन्दोलन २०७२ ले राजीब राउतसहित ६० जनाभन्दा बढीको ज्यान लियो । ३० असारदेखि २० माघ २०७२ सम्म चलेको यो आन्दोलनका क्रममा धेरै अंगभंग भए । तर, नेताहरु जसरी सुध्रिनुपर्ने हो त्यो देखिएन । कहिले छुट्टै पार्टी खोल्ने र कहिले सरकारमा जाने र चुनाव आउँदा एकजुट हुने परम्परलाई निरन्तरता दिएका छन् । १९ बर्षको दौरान नेताहरुले देखाएको चरित्र नै यहीं हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

उज्यालो पार्टी नेपालबाट सप्तरी-१ मा उम्मेदवार बन्दै चौधरी

Next Post

उज्यालो पार्टीले सप्तरीको सबै क्षेत्रमा टुँग्यायो उम्मेदबार

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उज्यालो पार्टीले सप्तरीको सबै क्षेत्रमा टुँग्यायो उम्मेदबार

उज्यालो पार्टीले सप्तरीको सबै क्षेत्रमा टुँग्यायो उम्मेदबार

जसपा नेपालका अध्यक्ष उपेन्द्र सप्तरी-३ बाट उम्मेदवारी दिने (अरु क्षेत्रमा को को ?)

जसपा नेपालका अध्यक्ष उपेन्द्र सप्तरी-३ बाट उम्मेदवारी दिने (अरु क्षेत्रमा को को ?)

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

आज प्रतिनिधी सभाको उम्मेदबारी दर्ता हुँदै

कांग्रेसले छनौट गर्‍यो चारै क्षेत्रमा उम्मेदबार

कांग्रेसले छनौट गर्‍यो चारै क्षेत्रमा उम्मेदबार

इप्रका कंचनपुरका डीएसपी फेरिए, अब रायमाझी आउने

इप्रका कंचनपुरका डीएसपी फेरिए, अब रायमाझी आउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.