ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल


जयप्रकाश ठाकुरले छाडे जसपा नेपाल

Loading

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका समन्वय समिति सदस्य जयप्रकाश ठाकुरले पार्टी परित्याग गरेका छन् ।
शुक्रबार प्रेस विज्ञप्ती मार्फत उनले पार्टी परित्याग गरेको बताएका ह्‌ुन् । पार्टीमा नातावाद, कृपावाद, जातिवाद, अर्थवाद तथा नश्ल चिन्तनवादी सोंचबाट प्रभावित एवं ग्रसित भइसकेको ठाकुरले बताएका छन् ।
पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर पारिदैं गएको, सामूहिक छलफलभन्दा व्यक्ति विशेषको निर्णय हाबी हुने गरेको सिद्धान्तभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिने गरेको, अवसरवादी गठबन्धन र अस्थिर राजनीतिक लाइन दिने गरेको, पारदर्शिता र जवाफदेहिताको अभाव देखिदैं गएको ठाकुरले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
राजनीतिक सिद्धान्त, विचारधारा, संस्थागत प्रकृया र जनविश्वासमा आधारित हुनुपर्नेमा जसपा नेपालको बर्तमान संरचना र अभ्यासलाई नियाँल्दा त्यो क्रमशः व्यक्ति केन्द्रीत, अवसरवादी र सिद्धान्तहीन दिशातर्फ उन्मुख देखिएको उनले बताएका छन् ।
तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय उपाध्यक्ष रहेका ठाकुरले आफ्‌नो स्वतन्त्र राजनीतिक अस्तित्व समाप्त पार्दै लोसपा जसपा नेपालमा बिलिन भइसकेको आरोप लगाएका छन् ।
समन्वय समिति सदस्य र पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएको बताउँदै ठाकुरले आगामी दिनमा पनि देश तथा मधेशको लोकतान्त्रिक सुदृढिकरण, मधेशी जनताको पहिचान, अधिकार र आत्म सम्मानको संरक्षण तथा समावेशी, न्यायपूर्ण र संस्थागत लोकतान्त्रिक राज्य संरचनाको स्थापना गर्न दृढ र अविचल रहीरहने बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : अपहरणमा परेकी बालिकाको उद्धार, अपहरणकारी पक्राउ 

Next Post

जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

सप्तरी : बिना इजाजत मदिरा र सुर्ती बिक्री गर्नेलाई कार्वाही गर्ने निर्णय

सप्तरी : बिना इजाजत मदिरा र सुर्ती बिक्री गर्नेलाई कार्वाही गर्ने निर्णय

सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

अति संवेदनशिल गोबरगाढामा बढाइयो सुरक्षा सतर्कता

अति संवेदनशिल गोबरगाढामा बढाइयो सुरक्षा सतर्कता

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीमा तीन हजार ८९२ जना अस्थायी मतदाता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...