ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : बिना इजाजत मदिरा र सुर्ती बिक्री गर्नेलाई कार्वाही गर्ने निर्णय


सप्तरी : बिना इजाजत मदिरा र सुर्ती बिक्री गर्नेलाई कार्वाही गर्ने निर्णय

Loading

राजविराज । व्यवसाय दर्ता प्रमाण पत्र बिना घरेलु् मदिरा बिक्री गर्नेलाई सप्तरीमा कार्वाही गरिने भएको छ ।

प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वच्छ, निश्पक्ष, व्यवस्थित एवं मर्यादित तवरबाट सम्पन्न गर्न यस्तो निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारबालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लास्थित खुद्रा मदिरा पसलहरुले व्यवसाय दर्ता प्रमाणपत्र बिना घरेलु मदिरा समेत बिक्री बितरण गरिरहेको सुचना प्राप्त भएको अवस्थामा उक्त मदिरा जफत गरी नष्ट गर्ने साथै प्रचलित कानून अमोजिम कारवाही गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा विक्रेताहरुले मदिरा बिक्री बितरण गर्न पाउने समय साँझ ७ बजे र होटल तथा रेष्टुरेन्टहरुमा सेवन गर्ने समय बढीमा सटर बन्द गर्ने गरी ८ः०० बजेसम्म पाउने निर्णय गरेको छ ।

यस्तै, जिल्लाको विभिन्न स्थानमा रहेको मिठाई पसलहरुमा रंगको बढी प्रयोग गरी खाने सामानहरु आकर्षित बनाइ शरीरमा हानी गरेको सन्दर्भमा मिठाइ पसलमा प्रयोग गरेको रंग खाने हो ? होइन सो यकिन गरी अत्याधिक रंग र अखाद्य रंग भएको भए जफत गरी कारवाही गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

सवारी साधनहरुमा समेत मिठाईको डब्बा बेच्ने कार्य भईरहेको र उक्त डब्बा मिठाईको तौल कम रहेको समेत गुरासो आएको सन्दर्भमा अनुगमनको क्रममा घुमि–घुमि तथा सवारी साधन लगायत विभिन्न स्थानहरुमा बेच्ने डब्बा मिठाईको तौल कम भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने निर्णय समेत भएको उनले बताए ।

उनका अनुसार जिल्ला स्थित पान पसल, किराना पसल लगायत जेनरल स्टोरहरुमा इजाजत पत्र विना सुर्तीजन्य पदार्थको बिक्री बितरण भइरहेको जनगुनासोको सन्दर्भमा अनुगमनको क्रममा त्यस्ता पसलहरुमा विना इजाजत सुर्तीजन्य पदार्थ बिक्री बितरण भएको देखिएको खण्डमा आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउने निर्णय भएको छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार शिक्षण संस्था (विद्यालय, कलेज), स्वास्थ्य संस्था, बाल कल्याण गृह र क्लबहरुबाट कम्तीमा १०० मिटरको दुरी भित्र सुर्तीजन्य पदार्थ विक्री बितरण गरेको पाइएमा सोही ऐन बमोजिम आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउने निर्णय समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जय घण्टी भन्दै सप्तरीमा जलाइयो एमाले झण्डा, एक जना पक्राउ

Next Post

सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

सुत्केरीको मृत्युपछि गजेन्द्रनारायण सिंह अस्पतालमा तनाव, टायर बालेर प्रदर्शन

अति संवेदनशिल गोबरगाढामा बढाइयो सुरक्षा सतर्कता

अति संवेदनशिल गोबरगाढामा बढाइयो सुरक्षा सतर्कता

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीमा तीन हजार ८९२ जना अस्थायी मतदाता

दुई दर्जन भन्दा बढी जेनजी युवा काङ्ग्रेस प्रवेश

दुई दर्जन भन्दा बढी जेनजी युवा काङ्ग्रेस प्रवेश

संघीयतालाई कसैले हल्लाएर हलिदैन : कांग्रेस उपसभापति शर्मा

संघीयतालाई कसैले हल्लाएर हलिदैन : कांग्रेस उपसभापति शर्मा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.