![]()
राजविराज । नेपाली काङ्ग्रेसमा दुई दर्जन भन्दा बढी जेनजी युवा प्रवेश गरेका छन् ।
आज राजविराजको गजेन्द्र चोकमा आयोजित चुनावी सभामा उनीहरु काङ्ग्रेस प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा राजविराज नगरपालिकाका मो. सज्जाद, सुल्तान, अकबर , अनवर, आजम, मेराज, जाफिर, आफतोप, इसमाइल, आयुससहितका छन् ।
यस्तै महादेवा गाउँपालिकाका मो. वासिम, तबरेज, अबदुल, मुकिम, इर्शाद, अरवाज, इजहारुल, हारुन, इवरान, इरफानसहितका नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।
नव प्रवेशी युवालाई काङ्ग्रेसका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमार यादव, राष्ट्रिय सभा सदस्य रन्जित कर्ण, नेताहरू इर्शाद अन्सारी, संविधान सभा सदस्य सकलदेव सुतिहार, नेता जितेन्द्रनारायाण देवसहितकाले स्वागत गरेका थिए ।












