![]()
राजविराज । सप्तरी प्रहरीले सर्वसाधारणलाई डर, त्रास वा आतंकित पार्ने गतिविधी देखिए तुरुन्त खबर गर्न आग्रह गरेको छ ।
बुधबार एक अपील जारी गर्दै जिल्ला प्रहरी कार्यालय, सप्तरीले यस्तो आग्रह गरेको हो ।
अपीलमा फरार रहेका कैदी बन्दी, अभियुक्त वा शंकास्पद व्यक्तिको बारेमा जानकारी भएमा तुरुन्त नजिकको प्रहरीलाई खबर गर्न पनि आग्रह गरिएको छ ।
यस्तै, निर्वाचन प्रचार–प्रसारको क्रममा हुने जुलुस, आम सभा बिथोल्ने वा कुनै प्रकारको वाधा नपुर्याउन, निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग नगर्न, हतियार लाठी, ढुँगा वा खतराजन्य वस्तु बोकेर हिंडडुल नगर्न अपीलमा भनिएको छ ।
सामाजिक संजालको सही सदुपयोग गरी उत्तेजक वा झुठा सन्देशलाई लाइक, सेयर र कमेन्ट नगर्न समेत सचेत गराइएको छ ।












