![]()
राजविराज । सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दिएका गजेन्द्र मण्डलले काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।
मण्डलले काङ्ग्रेसका उम्मेदवार दिनेश कुमार यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
मण्डलले यादवलाई समर्थन गर्दै उनैका लागि मत माग्ने राष्ट्रिय मुक्ति पार्टी र काङ्ग्रेसबीच सहमति भएको छ ।
आज नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गरि यो सहमतिको विषयमा जानकारी गराइएको छ ।
सहमति पत्रमा नेपाली काङ्ग्रेस सप्तरीका सचिब सनत मण्डल र राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले हस्ताक्षर गरेका छन् ।
यो सङै क्षेत्र नम्बर ३ मा काङ्ग्रेसका उम्मेदवार दिनेश कुमार यादव बलियो बन्दै गएका छन् । हिजो मात्र रुपनी गाउँपालिकाका पुर्व वडा अध्यक्षसहित जसपा नेपालका दर्जनौं युवा काङ्ग्रेसमा प्रवेश गरेका थिए ।












