![]()
राजविराज । सप्तरीको कंचनरूप नगरपालिकामा शंकास्पद वस्तु फेला परेकाे छ ।
नगरपालिकाकाे वडा नम्बर ९ रूपनगरमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । नेकपा एमालेको सम्पर्क कार्यालय रहेको ठाउँमा यो वस्तु भेटिएको हो ।
सप्तरी प्रहरीका प्रमुख एसपी गौतम कुमार केसीले शंकास्पद वस्तु भेटिएको र त्यहाँ सुरक्षाकर्मी पुगिसकेको बताए ।
उक्त ठाउँमा प्रेसर कुकर भेटिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












