![]()
राजविराज । सप्तरीमा झण्डै ३३ प्रतिशत मतदाताले मतदान गरिसकेका छन् । जिल्लामा बिहानैदेखि उत्साहपूर्ण वातावरणमा प्रतिनिधी सभा सदस्य पदका लागि निर्वाचन भइरहेको छ ।
दिउँसो २ बजेसम्म जिल्लामा ३२ दशमलव ६८ प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान गर्नेमा पुरुषभन्दा महिला बढी छन् । ७५ हजार ७४९ महिलाले मतदान गर्दा ६७ हजार ७८३ पुरुषले मतदान गरिसकेका छन् । जिल्लामा कुल चार लाख ४६ हजार ४०२ जना मतदाता छन् ।
सप्तरीको चार प्रतिनिधी सभा सदस्य पदका लागि १०२ जनाले उम्मेदवारी दिएका छन् ।












