![]()
सप्तरी–३ : अमरकान्तको अग्रता कायमै, उपेन्द्र यादव पछ्याउँदै
सप्तरी क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । शम्भुनाथ नगरपालिकाको कठौनास्थित भसराज माविमा मतगणना भइरहेको छ ।
पछिल्लो परिणाम अनुसार यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरी अगाडि छन् । चौधरीले हालसम्म नौ हजार ५४९ मत प्राप्त गरेका छन् ।
चौधरीलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पछ्याइरहेका छन् । यादवले सात हजार ३४७ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश यादव छन् । उनले चार हजार पाँच मत पाएका छन् । चौथोमा नेकपा एमालेका तारकान्त चौधरीले एक हजार ७०२ मत प्राप्त गरेका छन् ।












