![]()
राजविराज । सप्तरीको महादेवा गाउँपालिकामा नेकपा एमालेको झण्डा जलाइएको छ ।
गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा एमालेको झण्डा र प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद जियाउल रहमानको तस्वीर जलाएको भिडियो नै सार्वजनिक भएको छ ।
‘एमाले पार्टी मुर्दावाद, मधेशमा यस्तो स्वागत छ’ भन्दै अश्लिल गाली गरेर एमालेको झण्डा जलाएको भिडियोमा देख्न सकिन्छ । जलाउनेले ‘जय मधेश जय घण्टी’ को नारा समेत लगाएका छन् ।
झण्डा जलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालिका ५ बस्ने हरिनारायण मण्डल छन् । २५ बर्षीय मण्डल निर्वाचन प्रहरी रहेको जिल्ला प्रहरी श्रोतले जनाएको छ ।
घट्नामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












