ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, November 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्ता सहित ३ जना सम्मानित 


डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्ता सहित ३ जना सम्मानित 

Loading

राजविराज । नेपाल डेमोक्रेटिक लयर्स एशोशिएशन (डिएलए) नेपालको ३७ औं स्थापना दिवसको अवसरमा सप्तरीका दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित भएका छन् ।

डिएलए सप्तरीले राजविराजमा शनिबार आयोजना गरेको कार्यक्रममा ५ दशकभन्दा बढी कानुनी व्यावसायी भएर न्याय क्षेत्रमा महत्वपूर्ण योगदान दिने वरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह र अमरबहादुर पाण्डे तथा दुई दशकदेखि यश क्षेत्रमा सक्रिय रहेका राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवलाई सम्मानित गरिएको छ ।

वरिष्ठ अधिवक्ताद्वय सिंह र पाण्डेलाई डिएलए सप्तरीका अध्यक्ष सुरेन्द्र यादव र राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष हरेराम यादवले संयुक्त रूपमा दोसल्ला र माला लगाएर सम्मान गरे ।

अध्यक्ष यादवलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता हिम्मत सिंहले सम्मान गरे ।

सम्मान ग्रहण गर्दै वरिष्ठ अधिवक्ता हिम्मत सिंहले सर्वसाधारण जनताको निष्पक्ष न्याय र लोकतान्त्र स्थापनाका लागि डिएलएले स्थापना कालदेखि अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

उनले जनताको सहज र निश्पक्ष न्यायका लागि आगामी दिनमा पनि डिएलएले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

डिएलए सप्तरीका अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता अमर बहादुर पाण्डे, कृष्णानन्द देव, बोध कृष्ण भगत, नारायण झा, रामजी साह डा.देवनारायण यादव, इन्द्र देव सिंह, राजविराज उच्च अदालत बार एशोसिएशन अध्यक्ष हरेराम यादव, उपाध्यक्ष धर्मेन्द्र यादव, पूर्व अध्यक्ष भरत यादव, अधिवक्ताहरू प्रल्हाद घिमिरे, शिवनारायण यादव, राजेन्द्रप्रसाद देव, सुभाष यादव, विनोद पाण्डे, सुधा देव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

यसअघि विहान डिएलए सप्तरीले स्थापना दिवसको अवसरमा प्रभातफेरी र्याली निकालेर राजविराजको विभिन्न भागको परिक्रमा गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कञ्चनरुपबाट ब्राउनसुगरसहित एक जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्ता सहित ३ जना सम्मानित 

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्ता सहित ३ जना सम्मानित 

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

कञ्चनरुपबाट ब्राउनसुगरसहित एक जना पक्राउ

फोहोरमैला व्यवस्थापनमा काम गर्ने सफाईकर्मीहरु संगठित हुँदै

फोहोरमैला व्यवस्थापनमा काम गर्ने सफाईकर्मीहरु संगठित हुँदै

ठाकुर बाबा युवा क्लबले जित्यो टी–२० क्रिकेटको उपाधि

ठाकुर बाबा युवा क्लबले जित्यो टी–२० क्रिकेटको उपाधि

मधेशीलाई बिहारी भनेर होच्याउनेलाई कार्वाही गर्न जनअधिकार पार्टीको माग

मधेशीलाई बिहारी भनेर होच्याउनेलाई कार्वाही गर्न जनअधिकार पार्टीको माग

रवि लामिछाने र तपेश्वर यादवबीच पारिवारिक भेट, मधेशमा रास्वपा संगठन विस्तारबारे छलफल

रवि लामिछाने र तपेश्वर यादवबीच पारिवारिक भेट, मधेशमा रास्वपा संगठन विस्तारबारे छलफल

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.