![]()
राजविराज । सप्तरीको रुपनी गाउँपालिकास्थित मधेश प्रदेश प्रहरी अस्पताल (ठाकोदेवी-जोगेन्द्र भगत) मा सघन उपचार कक्ष (आइसियु) सेवा प्रारम्भ भएको छ ।
आइसियु सेवाको मधेश प्रहरी प्रमुख डीआईजी ओमप्रकाश अधिकारीले उद्घाटन गरे ।
बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच अधिकारीले आइसियु सेवाको उद्घाटन गरे ।
उक्त अवसरमा बोल्दै उनले आइसियुपछी अब अस्पतालमा भेन्डिलेटरको व्यवस्था गर्न पहल गरिने बताए ।
उनले जनता र प्रहरीबीचको सम्बन्ध अझ उत्कृष्ट बनाउन प्रहरीलाई निर्देशन दिदै जनतालाई समस्या परेको बेला अबिलम्ब खट्न प्रहरी तयार रहेकोे बताए ।
कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले अस्पतालको विकासका लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेकोे बताए ।
अस्पतालमा तत्काल २ बेडको आइसियु सेवा संचालन गरिएको अस्पताल प्रमुख डा. दीपक भिन्डवारले जानकारी दिए ।








