![]()
राजविराज । सप्तरी जिल्ला बार एकाईको कार्य समिति विघटन गरिएको छ ।
शुक्रबार बसेको विशेष साधारणसभाले कार्य समिति विघटन गर्ने निर्णय गरेको हो ।
कामेश्वर यादवको नेतृत्वमा रहेको कार्यसमितिको म्याद सकिएकाले विघटन गर्ने निर्णय विशेष साधारणसभाले गरेको हो ।
‘बर्तमान कार्यसमितिले बारका सम्पूर्ण सदस्यलाई सम्मानपुर्वक नेतृत्व दिन नसकेको, आर्थिक हिनामिना गरेको र कार्य अवधीसमेत समाप्त भैसकेकाले कार्यसमिति विघटन गर्ने सर्वसम्मतिले निर्णय गरियो’ निर्णयमा भनिएको छ ।’
विशेष साधारण सभामा जिम्मेवार पदाधिकारीहरू उपस्थित नभएको उच्चबारका आमन्त्रित पुर्व अध्यक्ष, बर्तमान अध्यक्ष र वरिष्ठ अधिवक्ताहरु मेलमिलाप गराउने र सहजताको लगि अध्यक्ष कामेश्वर प्रसाद यादवलाई बोलाउदा उक्त सभामा आइ आफ्नो पक्ष राख्दा उपस्थित सदस्यहरू नीजको कथनबाट सन्तुष्ट नभएको हुदा सर्वसम्मतिले अविश्वासको प्रस्ताव पारित गरिएको छ ।
विशेष साधारणसभाले तदर्थ समिति गठन गरिएको छ ।
सप्तरी जिल्ला बार एकाईका पुर्व अध्यक्ष कृपानारायण यादवको संयोजकत्वमा गठन गरिएको समितिको सदस्यमा बिन्देश्वर प्रसाद चौधरी र ज्ञानेन्द्र यादव छन् भने सचिवमा मनु खनाललाई चयन गरिएको छ ।
कोषाध्यक्षमा विकाश कुमार मण्डललाई राखिएको छ ।
सप्तरी जिल्ला बार एकाईकाे कुल १०६ जना सदस्यमा विशेष साधारणसभामा ६४ जनाको उपस्थिति थियो ।
२०८३ असोज १९ गते विशेष साधारण सभाका लागि निवेदन दिइएको थियो ।








