ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, November 28, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सीडीओ कार्यालय अगाडि प्रहरीको मनोमानी, सर्वसाधारण पीडित


सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

Loading

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीको अगाडि सुरक्षामा खटिएका प्रहरीले बिना कारण सर्वसाधारणलाई दुःख दिदैं आएको पाइएको छ ।
यहाँ खटिएका प्रहरीले आफ्नै किसिमको नियम बनाई मोनोपोली गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरी परिसर बाहिर मोटरसाईकल, साईकलको अव्यवस्थित पार्किङ्ग रोक्न प्रहरीले नै ट्राफिकको काम गर्दै आएको र सो सन्दर्भमा ट्राफिक नियम विपरित आफ्‌नै मोनोमानी नियम चलाउँदै आएका छन् ।
अस्थायी रुपमा स्थानीय राजरंगशालालाई सवारी साधन पार्किङ्ग गर्ने थलो बनाएपनि सो पार्किङ्ग पूर्णतया असुरक्षित र अव्यवस्थित रहेको छ । त्यहाँ राखिने मोटरसाईकलहरुको हेलमेट चोरिने गुनासो सेवाग्राहीहरुको रहँदै आएको छ ।
पार्किङ्ग स्थल अव्यवस्थित रहनु र त्यहाँ कसैको निगरानी नरहनुले आउँदो दिनमा ठूलो दुर्घटना हुने सम्भावना अधिकांश सेवाग्राहीहरुले व्यक्त गरेका छन् ।
नगरपालिकाले यही साताबाट सडक पेटी सुव्यवस्थित गर्ने अभियान अगाडि बढाएपछि रंगशालामै पार्किङ्ग शुरु गरिएको छ । यस्तोमा भूलवश कसैले जिल्ला प्रशासन कार्यालय अगाडिको सडक पेटी वा खाली ठाउँमा मोटरसाइकल वा साईकल पार्किङ गरिदिँदा मोटरसाइकल चालकको हेलमेट प्रहरीले नियन्त्रणमा लिने र साईकलवालाहरुको साइकल रोकि राख्ने काम गर्दै आएका छन् ।
नियन्त्रणमा लिइएको हेलमट र साइकल कार्यालय समय समाप्त भएपछि मात्र फिर्ता दिने नियम यहाँका प्रहरीले लगाएका छन् ।
यद्यपी यस किसिमको कुनै निर्णय जिल्ला प्रशासन कार्यालय या नगरपालिकाले गरेको छैन् ।
सवारी साधन अनियमित चलाउने वा पार्किङ्ग गर्ने काम रोक्ने अभिभारा ट्राफिक प्रहरीको हो । गलत ठाउँमा पार्किङ भए या ट्राफिक नियमको उल्लंघन गरे जरिवाना तिराउने काम गरिन्छ ।
पुर्जी काटी जरिवाना गर्नुपर्ने ठाउँमा सामान नै होल्ड गरिराख्नु आपत्तिजनक भएको अधिवक्ता सतिश कुमार दत्त बताउँछन् ।
गत मंसिर ९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीको मुलद्वार अगाडि पत्रकारहरुले ‘हामीलाई गिरफ्तार गर’ भन्ने नारा सहित धर्ना बसिरहँदा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व सभापति प्रकाश कुमार खतिवडालाई यस्तै परिस्थितिको सामना गर्नुपर्‍यो ।
‘धर्ना जारी थियो, मलाई धर्नामा बस्नुपर्ने हतार भएकोले यसो एकछिनको लागि नो पार्किङ्गको बोर्ड पनि नरहेको स्थानमा आफ्नो मोटरसाईकिल पार्किङ गरेको थिएँ’ उनी भन्छन्, ‘त्यहीं बेला एक प्रहरीले मेरो हेलमेट लगिहाल्यो । माग्न जाँदा बेलुकी ४ बजेसम्म होल्डमा बस्नुपर्ने अनि मात्र दिइने बताए ।’
खतिवडाले मैले गल्ती गरेको हो भने बरु पुर्जी काट्नुस, जरिवाना गर्नुस तर हेल्मेट दिनुस भन्दा पनि ति प्रहरीले हामीले होल्ड मात्र गर्ने हो पुर्जी काटने होईन भनी फिर्ता पठाएको बताए ।
उनी प्रश्न गर्छन्, ‘जनपदले ट्राफिकको काम गर्नु र जरिवाना पनि नगरी होल्ड मात्र गर्नु कहाँको कानून हो ?’
प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा यस सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले यस किसिमको निर्णय नभएको सुनाए ।
‘हामीले होल्ड नै गर्ने आदेश दिएको होइनौं, बरु सडक पेटी खाली राख्नु भनेको हो’ उनले भने ।
प्रजिअ थापाले घटना सम्बन्धमा थप जानकारी लिने बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव नो पार्किङको साइन बोर्ड पनि नराख्ने र हुँदै नभएको निर्णयलाई मनोमानी तरिकाले सर्वसाधारणलाई दुःख दिने नियत ठीक नभएको बताए ।
‘यो सर्वसाधारणलाई दुःख दिने नियत मात्रै देखियो’ उनी भन्छन्, ‘यदी यस किसिमको निर्णय नै भएको छ भने सर्वसाधारणलाई त्यसको जानकारी समेत गराउनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी जिल्ला बार एकाईको कार्य समिति विघटन, तदर्थ समिति गठन 

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सीडीओ कार्यालय अगाडि प्रहरीको मनोमानी, सर्वसाधारण पीडित

सप्तरी जिल्ला बार एकाईको कार्य समिति विघटन, तदर्थ समिति गठन 

सप्तरी जिल्ला बार एकाईको कार्य समिति विघटन, तदर्थ समिति गठन 

नेपाली कांग्रेसको देउवा समूह सप्तरीको जिल्ला सभापतिमा शत्रुधन प्रसाद यादव सर्वसम्मत चयन

नेपाली कांग्रेसको देउवा समूह सप्तरीको जिल्ला सभापतिमा शत्रुधन प्रसाद यादव सर्वसम्मत चयन

प्रहरी अस्पताल रुपनीमा आइसियु सेवा शुरु 

प्रहरी अस्पताल रुपनीमा आइसियु सेवा शुरु 

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्ता सहित ३ जना सम्मानित 

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्ता सहित ३ जना सम्मानित 

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

कञ्चनरुपबाट ब्राउनसुगरसहित एक जना पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.