ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

मधेश सरकारले पनि गरेन् औपचारिक कार्यक्रम


बलिदानी दिवस : मधेशी दलको झारा टार्ने काम

Loading

मधेश सम्वाददाता
राजविराज, ५ माघ ।
आज माघ ५ गते । मधेशमा आगो बलेको स्मरण गर्ने दिन । २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागी मृत्यु भएपछि मधेश आन्दोलन चर्किएको थियो । यस दिन बलिदानी दिवसको रुपमा मनाउँदै आएपनि यस पटक सप्तरीमा झारा टार्नेबाहेक कुनै कार्यक्रमको आयोजना गरिएन् ।
पहिलो मधेस आन्दोलन भएको १६ वर्षअघिको सम्झनामा यस वर्ष सप्तरीका मधेशवादी दलहरुले कुनै कार्यक्रमको आयोजना गरेको छैन् । दल निकटका युवाहरुले बिहीबार साँझ मैनबत्ति बाल्नुबाहेक दलका नेताहरुले शहीदलाई सम्झिएनन् । पार्टीका युवा तथा विद्यार्थीहरुले राजविराजमा मैनबत्ति बालेर शहीहरुको स्मरण गरेका छन् । जसपा, जनमत लगायतका पार्टीका युवा, विद्यार्थीले स्थानीय गजेन्द्र र जनआन्दोलन चोकमा मैनबत्ति बालेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु गजेन्द्रनारायण सिंहको शालिकमा माल्र्यापण गरेका छन् । उनीहरुले मैनबत्ति समेत प्रज्जवलन गरे ।
मधेस र मधेसी जनताकै नाममा राजनीति गरिरहेको राजनीतिक दलहरुले बलिदानी दिवसलाइ लक्षित गरी सप्तरीमा कुनै कार्यक्रम नै निर्धारण गरेनन् । पार्टीका नेताहरुलाई मधेशी शहीद र उनीहरुको बलिदानलाई सम्झिन कुनै चासो र फुर्सद नभएको देखिन्छ ।
केहि मधेशवादी दलका नेताहरुले सिरहाको लहानस्थित शहीद रमेश महतोको शालिकमा माल्र्यापण गरेका छन् ।
२०६३ साल माघ २ गते फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवसहितका व्यक्तिले काठमाडौंको माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएको आरोपमा उनीलगायतका २८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउको विरोधमा बन्दहड्तालसहितका आन्दोलनका कार्यक्रम मधेसमा सुरु भएको थियो । त्यसै क्रममा एक माओवादी कार्यकर्ताको गोलीबाट माघ ५ गते लहानमा रमेश महतोको मृत्यु भएपछि आन्दोलनले विद्रोहको रुप लिएको थियो ।
यो दिनलाई मधेश सरकारले बलिदानी दिवसको रुपमा मनाउँदै आएपनि यस बर्ष मधेश सरकारले पनि कुनै कार्यक्रमको आयोजना गरेन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

Next Post

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

राजविराजको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्नुपर्नेमा जोड्

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

शितलहरबाट जाेगिन दलित, गरिब तथा विपन्न परिवारलाई सिरक बितरण

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

घरका सबै सदस्यलाई बन्धक बनाएर लुटपाट

डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

डीआइजी कुँवरले गरे जिल्ला प्रहरी कार्यालय र प्रहरी अस्पतालको निरीक्षण

डा. राउतको मौनधारण नै संसदीय मर्यादा विपरित ः लिङदेन

डा. राउतको मौनधारण नै संसदीय मर्यादा विपरित ः लिङदेन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.