मधेश सम्वाददाता
राजविराज, ७ माघ ।
सप्तरीको बिष्णुपुर गाउँपालिकाले शितलहरबाट जोगिन भन्दै दलित, गरीब तथा विपन्न परिवारलाई फाइबरको सिरक बितरण गरेको छ ।
गाउँ कार्यपालिकाको कार्यालय बिष्णुपुर प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष उमेश यादवले ती सिरक बितरण गरेका हुन् ।
पहिलो चरणमा वडा नम्बर ४ र ७ का २ सय ५० जना विपन्नलाई उक्त सिरक बितरण हुने तथा गाउँ पालिकाका ७ वटै वडाहरुमा एक हजार जनालाई सिरक बितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिए ।
उनले पालिकाबाट बिनियोजित रहेको विपद् व्यवस्थापन कोषको रकमबाट सिरकहरु खरीद गरि बितरण गर्न शुरूवात गरेको बताए ।
सिरक बितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, प्रशासकीय अधिकृत सुभास मण्डल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।