ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

जिल्लामा खाद्य संकट आउन सक्ने सम्भावना


सरकारले धान खरीद गर्न बन्द गर्दा सप्तरीमा विचौलिया हावी

Loading

मधेश सम्वाददाता
राजविराज, ८ माघ ।
सरकारले धान खरीद गर्न बन्द गरेपछि सप्तरीमा विचौलिया हावी भएका छन् । विचौलियाले सरकारले तोकेको समर्थन मूल्य नदिई किसानसँग धान खरीद गरिरहेका छन् ।
सरकारले तोकेको मूल्यमा धान खरीद गर्ने निकाय सप्तरीमा छैन् । यहाँका किसानलाई धान बेच्न सिरहाको लहानस्थित खाद्य संस्थान पुग्नुपर्ने बाध्यता छ । खाद्य संस्थानले लक्ष्य अनुसारको धान खरीद गरिसकिएको बताउँदै किसानको धान खरीद गर्न नमानेपछि विचौलिया हावी भएका छन् ।
सरकारले धान प्रति क्वीन्टल रु ३ हजार १२८ समर्थन मूल्य तोकेको थियो । सप्तरीका किसान धान लिएर लहान गएर बेचेका छन् । तर लहानस्थित खाद्य संस्थानले १५ हजार क्वीन्टल धान खरीद गर्ने बजेट मात्रै रहेकाले सो लक्ष्य पूरा भइसकेको बताएको छ । खाद्य संस्थानले यस्तो प्रतिकृया दिएपछि किसानसँग कम मूल्यमा धान खरीद गर्ने विचौलियाहरु सकृय भएका छन् ।
रुपैयाँ भएका र राख्न ठाउँ भएका विचौलियाहरु किसानसँग रु २५ सयसम्म रकम दिएर धान खरीद गरेका छन् । विचौलियाहरुले किसानसँग धान खरीद गर्न केहि दलाल ठीक पारेका छन् । ती दलालहरुले किसानलाई सोझै ती व्यक्तिसँग सम्पर्क गराइरहेका छन् । दैनिक आवश्यक्ता पूर्ती गर्न किसानलाई रकमको अभाव हुन्छ, त्यहीं अभावलाई मध्यनजर गर्दै किसानले विचौलियालाई धान बेच्न बाध्य भइरहेका छन् ।
विचौलियाहरुले धान खरीद गरेर आफ्ना गोदाममा राख्न थालेका छन् । कम मूल्यमा खरीद गरेर राख्दै आएका केहि विचौलियाले आफ्नो अनुसारको मूल्य कायम गर्दा अहिले चामलको मूल्य पनि बढेको छ । रु ४० प्रति किलो रहेको सोना मन्सुली चामलको मूल्य प्रतिकिलो रु ५२ सम्म पुगेको व्यापारी बताउँछन् ।
धान आफ्नो कब्जामा राखेर आफूखुसी मूल्य बढाउन खोज्दा सप्तरीमा खाद्यान्न संकटको स्थिति आउन सक्ने अवस्था छ ।
सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालूप्रसाद अग्रबाल यो कार्य उपभोक्ताको हितमा पटक्कै नभएको बताउँछन् । उनी किसानसँग सस्तोमा धान खरीद गरेर राख्ने व्यक्तिहरुको छानबिन हुनुपर्ने बताए । ‘यसरी खाद्यान्न संकटको स्थिति आउन सक्छ’ उनले भने, ‘यसतर्फ राज्यले अबिलम्ब ध्यान दिनु जरुरी छ ।’
किसानसँग कम मूल्यमा उब्जनी खरीद गरेर बढीमा बिक्री गर्ने विचौलियाहरु पहिलादेखि नै सकृय रहँदै आएपनि राज्यले कुनै किसिमको ध्यान दिन नसक्नु बिडम्बना भएको अग्रबालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डा. राउतको मौनधारण नै संसदीय मर्यादा विपरित ः लिङदेन

Next Post

कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

कांग्रेस, सप्तरीमा को–को भए मनोनित ?

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

क्रिकेटर अन्सारी राजविराजबाट र आलम विराटनगरबाट पक्राउ

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

सप्तरी कांग्रेसको प्रष्टिकरण–प्रकृया अनुसारकै बैठक हो, एकलौटी निर्णय होइन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

सेवाबाट हटाइएपछि भारदह अस्पतालका कर्मचारीको प्रदर्शन

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

आत्मदाहअघि के लेखेका थिए प्रेम प्रसाद आचार्यले ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.