ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

छुट्टाछुट्टै दुर्घटनामा प्रहरीसहित ६ जना घाइते


सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । सप्तरीमा भएको छुट्टाछुट्टै सबारी दुर्घटनामा ६ जना घाइते भएका छन् ।
राजविराज नगरपालिका १० स्थित खाँडो पुलमा लोहजराबाट राजविराजतर्फ आउँदै गरेको स.१ ह.३७९० नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा खडक नगरपालिका ८ विसनपुर बस्ने १८ बर्षीया ज्योति चौधरी, सोही ठाउँकी ४४ बर्षीया धर्मशिला विक र सुरुङगा नगरपालिका ३ कडरबोना बस्ने १५ बर्षीया खुश्बु कुमारी चौधरी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, महादेवा गाउँपालिका१ बल्थीस्थित ग्रामिण सडकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना बालिका घाइते भएकी छन् । उतर दिशा बाट दक्षिण पकरीतर्फ जाँदै गरेको स ८ प ८२८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय अजय सदाकी ३ बर्षीया छोरी रागिनी सदा घाईते भएको र गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रुपनी गाउँपलिका १ रुपनीस्थित राजविराज–रुपनी सडक खण्डमा विंगरले ठक्कर दिँदा एक जना प्रहरी हबल्दार घाइते भएका छन् ।
स १ ज.६०४ नम्बरको विंगरले विपरित दिशाबाट आउँदै गरेको स.६ प.५७२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दार ३९ बर्षीय देवनारायण यादव घाइते भएका छन् ।
राजविराज नगरपालिका १६ बोरिया घर भएका यादव इलाका प्रहरी कार्यालय कबी दरबार बारामा कार्यरत छन् । घाइते भएका उनको युनिक अस्पाताल रुपनीमा प्राथमिक उपचार गरी थप उपचारको लागी विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, कंचनरुप नगरपालिका११ गोरपारस्थित भित्री सडक खण्डमा सिमराचौकबाट गोरपारतर्फ जाँदै गरेको अन टेस्ट डिस्कभर मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सलेन्द्र सरदारकी ३ बर्षीया छोरी अनुराधा कुमारी रहेको र उनलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सशस्त्रका असई हत्यामा संलग्न रहेको भन्दै खत्रीलाई जन्मकैदको सजाय

Next Post

सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

आगोमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

नेताले भने–कित्ताकाट नहुँदा समस्या भयो, सीडीओले भने–जनप्रतिनिधीले जग्गा वर्गीकरण गरिदिएन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.