ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित


शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

Loading

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता निलम्बित भएका छन् । जिल्लामा निलम्बनमा पर्नेमा गुप्ता दोस्रो मेयर हुन् । यसअघि राजविराजका मेयर भीमराज यादव पनि निलम्बनमा परिसकेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर गुप्ताबिरुद्ध विशेष अदालतमा घूस लिएको आरोपमा आरोप पत्र दायर भएसँगै उनी निलम्बित भएका छन् ।
मेयर गुप्तासँगै नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबिरुद्ध समेत विशेष अदालतमा आरोप पत्र दायर भएको छ । गुप्ता र साहको आपसी मिलोमितोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग रु १ लाख ४० हजार घूस लिएको पुष्टि भएपछि दुबैबिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उप दफा (१) बमोजिमको कसुरमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
इन्जिनियर साहलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत ३ माघमा रु १ लाख ४० हजार घूस लिदैं गर्दा पक्राउ गरेको थियो । साहलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान शुरु गरेपछि मेयर गुप्ताको पनि संलग्नता देखिएपछि दुबैबिरुद्ध आरोप पत्र दायर गरिएको छ ।
गुप्ता र साह दुबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी कैद र बिगोबमोजिम जरिवानाको माग दावीसहित आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
आरोप पत्र दायर भएसँगै मेयर गुप्ता निलम्बनमा परेका छन् । उनी ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयरमा निर्वाचित भएका थिए ।
यसअघि राजविराज नगरपालिकाका मेयर भीमराज यादव पनि निलम्बनमा परिसकेका छन् ।
राजविराजस्थित राजरंगशालाको निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीसहित सातजनाविरुद्ध विशेष अदालतमा गत असारमा आरोपपत्र दायर गरेको थियो ।
रंगशालाको निर्माण कार्यमा न्यू गहिल कन्ट्रक्सनका तत्कालिन सञ्चालक भीमराज यादवसहित उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठ, जिल्ला विकास समिति सप्तरीका तात्कालीन इन्जिनयर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तात्कालीन प्रमुखद्वय लक्ष्मण मण्डल, महेन्द्रप्रसाद यादव, समितिका अध्यक्ष एजेट न्यासुर र उपाध्यक्ष धिरेन्द्र बर्माले अनियमितता गरेको भन्दै अख्तियारले यी सबैविरुद्ध आरोपपत्र दायर गरेको छ ।
यादव जनता समाजवादी पार्टी (जसपा) बाट नगर प्रमुख पदमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आगोमा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

Next Post

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

नेताले भने–कित्ताकाट नहुँदा समस्या भयो, सीडीओले भने–जनप्रतिनिधीले जग्गा वर्गीकरण गरिदिएन

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

बोदेबर्साइनमा पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते 

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

होली पर्वमा सप्तरीमा ८१५ प्रहरी परिचालन हुने, उच्छृङखल गतिविधी नगर्न अपील

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.